रुपन्देहीमा ५७ प्रतिशत धान रोपाइँ « Khabarhub

रुपन्देहीमा ५७ प्रतिशत धान रोपाइँ


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– रुपन्देहीमा असार महिनाको अन्तिम हप्तासम्म ३६ हजार १९३ हेक्टरमा धान रोपाइँ भएको छ । जिल्लामा ६३ हजार ४९७ हेक्टर जमिनमा रोपाइँ हुनुपर्नेमा अहिलेसम्म ५७ प्रतिशत मात्र रोपाइँ भएको जिल्ला कृषि ज्ञानकेन्द्रले जनाएको छ ।

गत वर्षसम्म यो समयमा जम्मा ४२ प्रतिशत जमिनमा धान रोपाइँ भएकामा अहिले ५७ प्रतिशत भएको उक्त केन्द्रका सूचना अधिकारी अनिल बानियाँले बताए । गतवर्षभन्दा अहिले असार १५ मै पानी परेका कारण रोपाइँ तुलनात्मकरूपमा धेरै भएको उनको भनाइ थियो ।

जिल्लाभार सिँचाइ सुविधा ७० प्रतिशत जमिनमा पुगेको देखिए पनि यहाँको पुराना सिँचाइ आयोजना र कुला मर्मत नहुँदा कागजमा मात्र सीमित देखिन्छ ।

तोकिएजति सिँचाई नहुनुमा भौलाभुजा सिँचाइ आयोजना, छत्तिस कुलोलगायत धेरै पुराना सिँचाइ आयोजना र कुलो मर्मत नहुँदा क्षमताअनुसारको सिँचाइ पुर्याउन समस्या भएको हो ।

तिलोत्तमा नगरपालिका– १० कान्छी बजारका किसान रामबहादुर थापाले सिँचाइ नहुँदा समयमा रोपाइँ गर्न नसकिएको बताए । उनले बोरिङको पानीबाट धान रोपाइँ गर्दा लागत धेरै लाग्ने भएकाले आकासे पानी नै कुर्नु परेको गुनासो गरे ।

सैनमैना नगरपालिका–६ का किसान बाबुराम चौधरीले बीउ राख्ने बेलामै पानी ढिलो परेका कारण बल्ल रोपाइँ गर्नुपरेको बताए । उनले सिँचाइ नहुँदा आकासे पानीको भर पर्नुपरेको बताए ।

जिल्लाका पुराना सिँचाइ र कुलो मर्मतका लागि समयमै ध्यान दिनुपर्ने र त्यसका लागि सबैले पहल गनुपर्ने जिल्ला कृषि ज्ञान केन्द्रमा प्रमुख शिवप्रसाद अर्यालले बताले ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  २ : ४० बजे

पत्रकारसँग रिसाए ओली : ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’

काठमाडौं- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पत्रकारसँग आक्रोशित देखिएका

बाढी प्रभावितलाई चिनियाँ सहयोग : खाद्य तथा स्वास्थ्य सामग्रीका साथै ४४९ थान सौर्यबत्ती

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावितहरूलाई दैनिक उपभोगका अत्यावश्यक सामग्री प्रदान गर्ने क्रम

इरान युद्धको लागत बढ्दै, अमेरिकी सेनाको खर्च ४३ अर्ब ६० करोड डलर

वासिङ्टन– इरानसँग जारी युद्धमा अमेरिकी सेनाको खर्च बढेर ४३ अर्ब

महासचिवमा रोकेपछि ‘मन दुख्यो’ भनेका प्रदीप ज्ञवालीले किन गरे केपी ओलीकै गुणगान ?

काठमाडौं- नेकपा (एमाले) नेता प्रदीप ज्ञवाली यतिबेला पार्टी अध्यक्ष केपी

भोटेकोशी बाढी : एक हजार ४ सय ३६ जनाको शव भेटियो

काठमाडौं– भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव