कूटनीतिक सम्बन्ध, प्रतिरक्षा, सुरक्षाका विषयमा बोल्दा संयमता अपनाऔँ : परराष्ट्रमन्त्री साउद « Khabarhub

कूटनीतिक सम्बन्ध, प्रतिरक्षा, सुरक्षाका विषयमा बोल्दा संयमता अपनाऔँ : परराष्ट्रमन्त्री साउद


२८ असार २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले कूटनीतिक सम्बन्ध, देशको प्रतिरक्षा, सुरक्षाका विषयमा बोल्दा संयमता अपनाउन आग्रह गरेका छन् ।

बिहीबार बसेको राष्ट्रियसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले विभिन्न देशहरूसँगको कूटनीतिक सम्बन्ध, देशको प्रतिरक्षा, सुरक्षा र सेनाका विषयमा बोल्दा संवेदनशीलता र संयमता अपनाउन आग्रह गरेका हुन् ।

बजेट तथा कार्यक्रममाथिको छलफलका क्रममा पूर्वपरराष्ट्रमन्त्री विमला पौड्यालले ‘नेपाल असंलग्न परराष्ट्र नीतिबाट विचलित भएको हो कि’ भन्ने राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री साउदले असंलग्न परराष्ट्र नीतिअनुसार नेपालले सार्वभौमिक समानता, पारस्परिक सम्मान र लाभका आधारमा छिमेकीलगायत अन्य मुलुकसँगको सम्बन्धलाई सुदृढ र विस्तार गरिरहेको बताए ।

सबै देशसँग नेपालको सुमधुर रहेको दाबी गरेका उनले नेपालले परिपक्वताका साथ असंलग्न परराष्ट्र नीति अपनाएको बताए । नेपालले गुण र दोषका आधारमा अन्तर्राष्ट्रिय मुद्दामा स्वतन्त्र धारणा बनाउने र मतदान गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २८ असार २०८०, बिहिबार  ५ : १३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र