पाकिस्तानमा बौद्ध धर्मदेशना कार्यक्रम सम्पन्न « Khabarhub

पाकिस्तानमा बौद्ध धर्मदेशना कार्यक्रम सम्पन्न


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको इस्लामावादमा बौद्ध धर्मदेशना कार्यक्रम सम्पन्न भएको छ । नेपालस्थित लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. ह्रदयरत्न बज्राचार्य, नेपाली बौद्ध बिहारका संघनायक भिक्षु कौदन्य र कपन गुम्बाका लामा थिन्ले कुन्चकको उपस्थितिमा देर्मदेशना कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको सुरूमा नेपालबाट आएका गुरुहरुलाई पाकिस्तानस्थित नेपाली राजदूत तापस अधिकारीले स्वागत गर्दै बौद्ध दर्शनका अहिंसा, दया, करूणा, समभाव एवं सम्यक ध्यान जस्ता विषयमा चर्चा गरेका थिए ।

पाकिस्तान सरकारले गान्धारा सभ्यतालाई संरक्षण गर्दै पर्यटन प्रवद्धन गर्ने नीति लिएको परिप्रेक्षमा गान्धारा सभ्यता र नेपाली संस्कृतिबीच अटुट सम्बन्ध रहेको उल्लेख गर्दै राजदूत अधिकारीले यसबाट पाकिस्तान र नेपालबीचको सम्बन्ध थप प्रगाढ बन्ने विचार व्यक्त गरे ।

उनले गौतम बुद्धको जन्मभूमी लुम्बिनी, नियमित धार्मिक एवं अध्यात्मिक क्रियाकलाप भइरहेका शताब्दीऔ पुराना बौद्ध महाविहार, बहि, चैत्य एवं गुम्बाले नेपाल बौद्ध धर्मको केन्द्रका रुपमा रहेको उल्लेख गरे ।

उक्त कार्यक्रममा प्रा. डा. बज्राचार्य, भिक्षु कौदन्य एवं लामा कुन्चकले बौद्ध धर्म दर्शनका विभिन्न पक्षहरूमा प्रकाश पार्नुका साथै सहभागीहरूबाट सोधिएका जिज्ञासाहरूको उत्तर दिएका थिए । त्यसैगरी, सो अवसरमा बौद्ध गुरूहरूले सहभागीहरूलाई ध्यान गर्न समेत सिकाएका थिए ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  ४ : १५ बजे

पत्रकारसँग रिसाए ओली : ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’

काठमाडौं- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पत्रकारसँग आक्रोशित देखिएका

बाढी प्रभावितलाई चिनियाँ सहयोग : खाद्य तथा स्वास्थ्य सामग्रीका साथै ४४९ थान सौर्यबत्ती

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावितहरूलाई दैनिक उपभोगका अत्यावश्यक सामग्री प्रदान गर्ने क्रम

इरान युद्धको लागत बढ्दै, अमेरिकी सेनाको खर्च ४३ अर्ब ६० करोड डलर

वासिङ्टन– इरानसँग जारी युद्धमा अमेरिकी सेनाको खर्च बढेर ४३ अर्ब

महासचिवमा रोकेपछि ‘मन दुख्यो’ भनेका प्रदीप ज्ञवालीले किन गरे केपी ओलीकै गुणगान ?

काठमाडौं- नेकपा (एमाले) नेता प्रदीप ज्ञवाली यतिबेला पार्टी अध्यक्ष केपी

भोटेकोशी बाढी : एक हजार ४ सय ३६ जनाको शव भेटियो

काठमाडौं– भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव