पाकिस्तानमा बौद्ध धर्मदेशना कार्यक्रम सम्पन्न « Khabarhub

पाकिस्तानमा बौद्ध धर्मदेशना कार्यक्रम सम्पन्न


२८ असार २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको इस्लामावादमा बौद्ध धर्मदेशना कार्यक्रम सम्पन्न भएको छ । नेपालस्थित लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. ह्रदयरत्न बज्राचार्य, नेपाली बौद्ध बिहारका संघनायक भिक्षु कौदन्य र कपन गुम्बाका लामा थिन्ले कुन्चकको उपस्थितिमा देर्मदेशना कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको सुरूमा नेपालबाट आएका गुरुहरुलाई पाकिस्तानस्थित नेपाली राजदूत तापस अधिकारीले स्वागत गर्दै बौद्ध दर्शनका अहिंसा, दया, करूणा, समभाव एवं सम्यक ध्यान जस्ता विषयमा चर्चा गरेका थिए ।

पाकिस्तान सरकारले गान्धारा सभ्यतालाई संरक्षण गर्दै पर्यटन प्रवद्धन गर्ने नीति लिएको परिप्रेक्षमा गान्धारा सभ्यता र नेपाली संस्कृतिबीच अटुट सम्बन्ध रहेको उल्लेख गर्दै राजदूत अधिकारीले यसबाट पाकिस्तान र नेपालबीचको सम्बन्ध थप प्रगाढ बन्ने विचार व्यक्त गरे ।

उनले गौतम बुद्धको जन्मभूमी लुम्बिनी, नियमित धार्मिक एवं अध्यात्मिक क्रियाकलाप भइरहेका शताब्दीऔ पुराना बौद्ध महाविहार, बहि, चैत्य एवं गुम्बाले नेपाल बौद्ध धर्मको केन्द्रका रुपमा रहेको उल्लेख गरे ।

उक्त कार्यक्रममा प्रा. डा. बज्राचार्य, भिक्षु कौदन्य एवं लामा कुन्चकले बौद्ध धर्म दर्शनका विभिन्न पक्षहरूमा प्रकाश पार्नुका साथै सहभागीहरूबाट सोधिएका जिज्ञासाहरूको उत्तर दिएका थिए । त्यसैगरी, सो अवसरमा बौद्ध गुरूहरूले सहभागीहरूलाई ध्यान गर्न समेत सिकाएका थिए ।

प्रकाशित मिति : २८ असार २०८०, बिहिबार  ४ : १५ बजे

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा