कञ्चनपुरमा ८० प्रतिशत रोपाइँ सम्पन्न « Khabarhub

कञ्चनपुरमा ८० प्रतिशत रोपाइँ सम्पन्न


२८ असार २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिका–५ का केशव पन्त रोपाइँ सकेर फुर्सदिलो छन् । रोपाइँका लागि आकाशको पानीको भर पर्नुपर्ने उनले यो वर्ष ढिलो रोपाइँ गरे।

“यसपटक पानी ढिलो पर्यो, सिँचाइको सुविधा नहुँदा आकाशको पानीले रोपाइँ गर्नुपर्छ”, कृषक पन्तले भने, “गत वर्षभन्दा दुई साता ढिलो रोपाइँ सकिएको हो ।” ढिलो गरी वर्षा हुँदा असार अन्तिम साता पनि केही किसान अझै खेतखलियानमै व्यस्त छन् । कञ्चनपुरमा अझै रोपाइँ सकिएको छैन ।

भीमदत्त नगरपालिका–१३ का किसान प्रकाश भट्ट अझै रोपाइँका लागि खेतमै व्यस्त छन् । “रोपाइँ सुरु गरेको एक साता भयो, अझै सकिएको छैन”, उनले भने।

शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका चेतराज चौधरीले आफ्नो एक बिघा जमिनमा यसपटक नयाँ जातको धान रोपेका छन् । “गत वर्ष छिमेकीले तीन कठ्ठामा एमपी ३०३० नामक बीउ रोपेको थिएँ, राम्रो उत्पादन भएको थियो”, उनले भने, “त्यसैले यसपटक मैले पनि त्यही धान रोपको छुँ ।” उनको पिपलाडीमा तीन बिघा जमिन छ । धान, गहुँ, तरकारी खेती गर्ने चेतराज त्यसैबाट हुने उब्जाउ बेचेर घर खर्च चलाए।

धान बाली उत्पादनको दृष्टिकोणले महत्त्वपूर्ण जिल्ला मानिने कञ्चनपुरमा मल, बीउलगायत कृषि सामग्रीका साथै सिँचाइ सुविधाको अभावले आकाशे पानीको भर पर्नुपर्ने बाध्यता रहेको छ । कञ्चनपुरमा असार अन्तिम सातासम्म ८० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञानकेन्द्र कञ्चनपुरका सूचना अधिकरी हरीदत्त जोशीले बताए ।

“समयमै वर्षा नहुँदा यसपटक केही ढिला रोपाइँ सुरु भयो, जिल्लाभर अहिलेसम्म ८० प्रतिशत रोपाइँ सकिएको छ”, उनले भने, “अहिले निरन्तर वर्षा भइरहेकाले केही दिनमै रोपाइँ सकिन्छ ।”

कञ्चनपुरको बेलौरी, पुनर्वास, भीमदत्त, वेदकोट, कृष्णपुर, शुक्लाफाँटा, बेलडाँडी, दोधाराचाँदनी, लालझाडीलगायत क्षेत्रमा गरेर ४८ हजार चार सय ९६ हेक्टर जमिनमा धानखेती गरिन्छ । कृषकले हर्दीनाथ, सुक्खाको १ देखि ४ सम्म, राधा–४, साँवा मन्सुलीलगायत उन्नत जातका बीउको प्रयोग गर्ने गरेका छन् ।

प्रकाशित मिति : २८ असार २०८०, बिहिबार  १० : ३९ बजे

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा