घोराही उपमहानगरका १४ विद्यालयमा महिला प्रधानाध्यापक « Khabarhub

घोराही उपमहानगरका १४ विद्यालयमा महिला प्रधानाध्यापक


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको घोराही उपमहानगरपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालय ९३ मध्ये १४ विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी  महिलाले पाएका छन् । घोराही–१ मा रहेको श्री सरस्वती प्राथमिक विद्यालय मुसोटखोलाको दानमाया केसीले प्रधानाध्यापकको जिम्मेवारी सम्हालेकी छन् ।

शिशु कक्षादेखि ५ सम्म पढाइ हुने सो विद्यालयमा उनले विसं २०७६ देखि प्रअको भूमिका निर्वाह गर्दै आएकी छिन् । ‘शिक्षकमात्र हुँदा जिम्मेवारी धेरै नहुने कर्तव्य पूरा गरे पुग्थ्यो भने प्रअ भएपछि कर्तव्य, जिम्मेवारी र उत्तरदायित्व धेरै हुँदोरहेछ’, उनले भनिन्, ‘विद्यालयमा महिला प्रअ छ भन्ने थाहा नपाएका मानिस विद्यालयमा आए भने हेडसर खै ? बोलाइदिनुहोस् न भन्छन् । अनि मै हो हेडसर भन्दा दङ्ग परेर हेर्छन् ।’ 

उपमहानगरपालिका भए पनि भौगोलिक हिसाबले विकट रहेकाले यस विद्यालयमा भौतिक संरचना र खानेपानीको अभाव रहेको उनको भनाइ छ । बाटो सुविधा पनि राम्रो छैन वर्षात्मा बाढी आयो भने पहिरो खसेर बाटो बन्द हुन्छ ।

घोराही –१ मा रहेको  प्राथमिक विद्यालय कर्मकोट सुनिताकुमारी घर्तीले प्रअको भूमिका निर्वाह गर्दै आएकी छिन् । शिशु कक्षादेखि ५ सम्म रहेको विद्यालयमा ६० विद्यार्थीले अध्ययन गर्दछन् । ‘प्रअ हुँदा विद्यालयको प्रशासनिकदेखि सम्पूर्ण काम आफ्नो जिम्मेवारी रहेको छ’, उनले भनिन् ।  

कहिलेकाहीँ शिक्षक अनुपस्थिति हुँदा अर्को शिक्षकले कक्षा हेर्न गर्छौँ । विद्यार्थी बाहिर चौरभरि छरिनुको सट्टा कक्षाकोठामा पुस्तक पढेर बस्ने गरेका छन् । विद्यालयमा खानेपानीको सुविधा नभएकाले समस्या हुने गरेको छ ।

सरस्वती माध्यामिक विद्यालय काठेकोलको प्रअ वसन्ता पौडेलले सम्हालेकी छिन् । प्राथमिक विद्यालय भैसाहीमा योगमाया अधिकारी, आधारभूत विद्यालय बाम्लामा टुककुमारी रावत, मदरसा दारुलहुदा अल्सफिदा आधारभूत विद्यालयमा ममता खत्री, प्राथमिक विद्यालय श्रीचौरमा यमुना केसी, नारायण प्राथमिक विद्यालय पश्चिम सेवारमा कर्मकुमारी चौधरी, रात्रि प्राथमिक विद्यालय शुक्रबारमा सुशीला पौडेल, रात्रि प्राथमिक विद्यालय बेलुवामा लक्ष्मी नकर्मी श्रेष्ठ, प्रावि सोरेठी रातामाटामा रुका घर्ती, सरस्वती प्राथमिक विद्यालय सुकाखोलामा माधवा पौडेलले प्रअको जिम्मेवारी सम्हालेका छन् ।

महिलाले सम्हालेका विद्यालय जिल्ला रहेका सामुदायिक विद्यालयभन्दा कम नभएको घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख नारायण पौडेलले बताए । महिला प्रअ भएका विद्यालयमा आर्थिक पारदर्शिता, सिकाइ क्रियाकलाप पनि नमूनायोग्य भएको उनको भनाइ छ ।

घोराही उपमहानगरपालिका नगरप्रमुख नरुलाल चौधरीले सामुदायिक विद्यालयमा महिलाको जिम्मेवारी प्रत्येक वर्ष बढाउँदै लगिने जानकारी दिए । 

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  १० : २६ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील