भिजिट भिसामा बंगलादेशीलाई नेपाल ल्याएर रकम असुल्ने गिरोह सार्वजनिक | Khabarhub Khabarhub

भिजिट भिसामा बंगलादेशीलाई नेपाल ल्याएर रकम असुल्ने गिरोह सार्वजनिक


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पोल्याण्डलगायत विभिन्न देश पठाउने भन्दै भिजिट भिसामा बंगलादेशी नागरिकलाई नेपाल ल्याएर बन्धन बनाई रकम असुल्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बंगलादेशी नागरिकहरुलाई बन्धक बनाएर रकम असुलेको आरोपमा सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा दुई नेपाली र पाँच बंगलादेशी नागरिक छन् । पक्राउ परेका नेपालीमा इलाम घर भएकी रोशनी राई र सिन्धुपाल्चोक घर भएकी तारा नेपाली छन् । त्यसैगरी प्रहरीले बंगलादेशी नागरिकहरु अमिर हुसेन, मोहम्मद मोसिह्युर, सलिम मिया, जहाँगीर अलाम र ताहमिना बेगम रहेका छन् ।

उनीहरुले बंगलादेशबाट विभिन्न प्रलोभन देखाएर नेपाल ल्याई बन्धक बनाएर परिवारसँग रकम मागेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले जानकारी दिए ।

आफूहरुसँग भएको रकम असुलेर परिवारसँग पनि फोनमार्फत रकम असुल गर्न खोजेपछि एक बंगलादेशी नागरिकले उजुरी दर्ता गराएको र अनुसन्धान पछि गिरोहलाई पक्राउ गर्न सफल भएको उनले बताए ।

विदेश पठाउन प्रक्रियाका लागि केही रकम लाग्ने भन्दै सुरुमा बंगलादेशमै ५० हजारदेखि १० लाख टाकासम्म लिएको खुलेको उनले जानकारी दिए ।

पत्रकार सम्मेलनमा बंगलादेशी पीडित नागरिकहरुले आफूहरुलाई एजेन्टले पोल्याण्डलगायतका देश पठाउनका लागि पाँच लाख रुपैयाँ लिएर नेपाल पठाएको र नेपाल आएपछि बन्धक बनाएको बताए । नेपाल आएपछि आफूहरुसँग खर्चका लागि भएको पैसा, मोबाइल पनि लिएको उनीहरुले बताएका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेकाहरुमाथि मुलुकी अपराध संहिताका साथै संगठित अपराध ऐन बमोजिमको कसुरमा थप अनुसन्धान तथा कारवाहीका लागि प्रहरी परिसर काठमाडौं पठाएको जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ५ : ०२ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका