एनआरएनए लण्डनद्वारा नेम्वाङको निधनमा दुःख व्यक्त « Khabarhub

एनआरएनए लण्डनद्वारा नेम्वाङको निधनमा दुःख व्यक्त


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

लण्डन– तत्कालीन संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) लण्डनले दुःख व्यक्त गरेको छ ।

संघका प्रवक्ताद्वय सोम सापकोटा र शिव बरुवालले एक विज्ञप्ति जारी गर्दै उनको निधनले विदेशमा बस्ने नेपालीहरू अत्यन्त मर्माहत र स्तब्ध भएको जनाएका छन् ।

संघले विज्ञप्तिमा विशेषतः गैरआवासीय नेपालीका मुद्दाका जानकार, अत्यन्त सहयोगी, विदेशमा बस्ने नेपालीहरुसँग सदैव सद्भाव राख्ने, निकै शालीन र भद्र स्वभावका नेम्वाङको निधनले समग्र नेपाल र नेपालीहरूलाई अपूरणीय क्षति पुर्‍याएकाे उल्लेख छ ।

संघले गैरआवासीय नेपाली नागरिकताको माग लगायत गैरआवासीय नेपालीका अन्य सरोकार सम्बोधनका लागि उनले निर्वाह गरेको सक्रिय, सन्तुलित र समन्वयकारी भूमिका सदा स्मरण रहने उल्लेख गर्दै भौतिक रूपमा गैरआवासीय नेपाली माझ नरहे पनि उनको असल कर्म र योगदानलाई संघले सदा सम्झिरहने जनाएको छ ।

संघले उनको आत्माको चीर शान्तिको कामनासहित दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।

 

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ९ : ५० बजे

नेपालमा तय तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब अनलाइन माध्यमबाट हुने

काठमाडौं– नेपालमा आयोजना गर्न लागिएको तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब

‘कांग्रेसले जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्छ’

जनकपुरधाम- नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान राजनीतिक

भक्तपुरमा ७ हजार रुपैयाँमा ग्यास बेच्ने किराना पसल सञ्चालक पक्राउ

भक्तपुर– भक्तपुरमा खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा प्रहरीले

वामपन्थीहरुलाई एकै ठाउँमा ल्याउने प्रयासमा छौँ : वर्षमान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’

जुम्लामा ४८ करोड राजस्व संकलन

जुम्ला– आन्तरिक राजस्व कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२-८३ मा