माझी समुदायलाई रोजीरोटीकै पिरलो « Khabarhub

माझी समुदायलाई रोजीरोटीकै पिरलो


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


867
Shares
  • change font
  • change font
  • change font

गलकोटपुर्खौंदेखि कालीगण्डकी नदीमा डुङ्गा खियाएर र बालुवा निकालेर गर्जो टार्दै आएका बागलुङ नगरपालिका–१ रामरेखाका माझी समुदाय संकटमा परेका छन् 

पुर्खौंदेखिको पेसा अँगाल्दै जीविकोपार्जन गर्दै आएका उनीहरु नदीमा छिर्न नपाउँदा अहिले फुर्सिदला भएका छन् । न्यून आयस्तर भएका सीमान्तकृत उनीहरु नदीमा नपसेको दुई वर्ष पुगेको छ । 

पुस्तौँदेखि कालीगण्डकी किनाराको खनियाबासमा बस्दै आएका १७ घरपरिवार माझी समुदाय बागलुङ पोखरा सडक विस्तारका क्रममा विस्थापित भएपछि बागलुङको बाङ्गेचौरमा आश्रित थिए । 

बागलुङ नगरपालिकाले सीमान्तकृत माझी समुदायलाई पाँच अघिमात्रै खनियाबासमा जग्गासहितको घर बनाइदिएको थियो । पुस्तौँदेखि यही कालीगण्डकी नदीको छेउमा बस्तै आएका हामीहरुलाई दुई वर्षदेखि कालीगण्डकी नदीमा पस्न नदिएको देउकुमारी माझीले दुखेसो गरे । 

‘हाम्रो आश्रयस्थलनै कालीगण्डकी नदी थियो, अहिले त्यही नदीमा नगएको दुई वर्ष भयो, माझी समुदायको पीडा कस्ले बुझ्ने, कालीगण्डकी नदीमा खनीखोस्री गरेर जीविका चलाउँदै आएका थियौँ, अहिले बालुवा निकाल्न दिइँदैन, रातको समयमा डोजरले निकालेर आँखै अगाडि लगेर जान्छ, हामी त हेरेकोहेरै’, उनले भने, ‘पहिला सुन चाल्ने बगर अहिले छैन, खोलामा डोजर हालेर बगर नै राखेनन् त्यही बालुवा निकालेर पेट पाल्दै आएका थियौँ, अहिले बालुवा लिनलाई ट्र्याक्टर आउँदैनन्, हामीले बिल बनाएर बालुवा बिक्री गर्न कहाँ सक्छौँ र ?’

उनले पुर्खौंदेखिको पेसालाई सरकारले हटाउँदा माझी समुदायले हातमुख जोर्न समस्या भएको जनाउँदै स्थानीय सरकारलाई पटक–पटक गुनासो गरे पनि सुनुवाइ नभएको बताए। 

उनले नदीजन्य उत्खनन रोक्नका लागि हामी जस्तालाई रोक लगाएको र क्रसर व्यवसायीलाई प्रोत्साहन गरेको दुखेसो सुनाए। पहिला बालुवा चाल्ने गरे पनि अहिले खोला गहिरो भएर गएकाले एक दशकदेखि यहाँका माझी समुदायले बालुवा चाल्न छोडेका छन् । 

पछिल्लो समय कालीगण्डकीमा माछासमेत कम पाइन थालेपछि उनीहरु पेसाबाट पलायन भइरहेको पाइएको छ । यहाँका माझी समुदाय हातमुख जोर्नकै लागि विस्तारै पेसा परिवर्तन गर्न बाध्य भएको स्थानीय मङ्गली माझीले बताइन् । 

‘हाम्रो त खोलाबाट बालुवा निकाल्ने अधिकारनै हो तर माफियाले गरिखान दिएनन्, रातिमा डोजर लगाएर चोर्नेकार्य भइरहन्छ, हामीलाई एक बोरा बालुवा निकाल्न नदिएको दुई वर्ष भयो, हाम्रो पीडा कसैले बुझ्दैनन् यहाँका माझी अहिले अरुको घरमा काम गर्ने, ज्यालादारीमा खोतालो जाने, खेतबारीमा काम गर्न जान थालेका छौँ’, उनले भनिन्, ‘अहिले यहाँका युवाले माछा मार्ने जाल र ढडिया बुन्न छोडेका छन्, खोलामा पस्न नपाएपछि माझी समुदायको अस्तित्वनै खतरामा पर्‍यो, माझी समुदायलाई नगरपालिकाले जग्गा दियो, घर दियो तर रोजीरोटीका लागि पहल गरोस् भन्ने चाहना छ ।’

खनियाबासमा अहिले १७ माझी परिवार बसोबास गर्दै आएका छन् । यहाँका युवायुवती विस्तारै सहकारी र अन्य सङ्घ संस्थामा  कार्यरत हुन थालेका छन् भने वृद्धवृद्धा नदीमा बालुवा निकाल्न नपाए पनि फुर्सदिला भएका छन् । 

माझी परिवारका अधिकांश सदस्यको जीविका कालीगण्डकीको बगरमा निर्भर भए पनि पछिल्लो दुई वर्ष कालीगण्डकी नदीमा बालुवा निकाल्न प्रशासनले रोक लगाएको छ ।  खनीखोस्री बालुवा निकाल्न प्रशासनले रोक लगाए पनि पारिपट्टि पर्वततर्फबाट भने रातको समयमा अवैध कालीगण्डकी नदी दोहन रोकिएको छैन । ठूला उपकरणले रातको समयमा कालीगण्डकी नदी दोहन गर्दा कालीगण्डकीको बगर पर्वततर्फ र कालीगण्डकीको धार बागलुङतर्फ फर्केको छ । 

कालीगण्डकीको धार परिवर्तन हुँदा बागलुङतर्फको माझी बस्ती र मालढुङ्गाको बस्तीसमेत जोखिममा परेको जनाइएको छ । कालीगण्डकी किनारमा गिट्टी कुट्ने, बालुवा चाल्ने र माछा मार्ने माझीले आफ्नो जीविका चलाउनका लागि विभिन्न विकल्प खोज्न थालेको स्थानीय माझी समुदाय हर्कबहादुर बोटेले दुखेसो पोखे। 

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ७ : ०१ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि