एडीबीद्वारा चीनको अर्थतन्त्र ५.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण « Khabarhub

एडीबीद्वारा चीनको अर्थतन्त्र ५.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

मनिला– एसियाली विकास बैंक (एडीबी)ले एसिया प्रशान्त क्षेत्रका विकासशील अर्थतन्त्रका लागि आफ्नो आर्थिक प्रक्षेपण बढाएको छ । चीनको अर्थतन्त्रमा अपेक्षाभन्दा उच्च वृद्धि भएको एडीबीको प्रतिवेदन बुधबार सार्वजनिक भएको हो ।

एसियाली विकास समीक्षा डिसेम्बर २०२३ ले तेस्रो त्रैमासिकमा घरायसी उपभोग र सार्वजनिक लगानीमा वृद्धि गरेपछि चीनको अर्थतन्त्र यस वर्ष ५.२ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ ।

क्षेत्रीय अर्थतन्त्र भने  यस वर्ष ४.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ । जुन अघिल्लो वर्षको सेप्टेम्बरमा ४.७ प्रतिशतको प्रक्षेपण गरिएको थियो । आगामी वर्षको लागि भने ४.८ प्रतिशत प्रक्षेपण कायम गरिएको छ ।

उद्योगमा दोहोरो अंकको वृद्धिसँगै जुलाई–सेप्टेम्बरमा अर्थतन्त्रको अपेक्षितभन्दा धेरै विस्तार भएपछि भारतको वृद्धिको दृष्टिकोण ६.३ प्रतिशतबाट बढेर ६.७ प्रतिशत पुगेको छ ।

एडिबीको प्रतिवेदनअनुसार चीन तथा भारतको स्तरवृद्धिमा उत्पादन क्षेत्रको कमजोर भूमिका देखापरेका कारण दक्षिणपूर्वी एसियाको प्रक्षेपण प्रभावित भएको हो । 

उत्पादित सामानको  कमजोर निर्यात तथा न्यून मागका कारण यस वर्ष दक्षिणपूर्वी एसियाको वृद्धिदर ४.६ प्रतिशतबाट घटेर ४.३ प्रतिशतमा झरेको छ ।

प्रतिवेदनका अनुसार मध्य एसियामा अर्थतन्त्रको दृष्टिकोण थोरै बढेको छ भने प्रशान्त क्षेत्रको अर्थतन्त्रका लागि गरिएका अनुमानहरू सबै जसो अपरिवर्तित छन् । नतिजा प्रभावित हुनुलाई संयुक्त राज्य अमेरिकालगायत उन्नत अर्थतन्त्रमा लगातार बढेको ब्याज दरहरू जिम्मेवार देखिएका छन् । 

यसले कमजोर क्षेत्रका अर्थतन्त्रमा उच्च ऋण भएकाहरूमा वित्तीय अस्थिरतामा योगदान पुर्‍याउन सक्छ । विकसित एशियाले चुनौतीपूर्ण विश्वव्यापी वातावरणको सामनाका बाबजुद पनि बलियो गतिमा वृद्धि भइरहेको एडिबीका प्रमुख अर्थशास्त्री अल्बर्ट पार्कले बताएका छन्  ।

उनका अनुसार यस क्षेत्रमा मुद्रास्फीति पनि बिस्तारै नियन्त्रणमा आउँदैछ । उच्च विश्वव्यापी ब्याज दरदेखि एल निनो जस्ता जलवायु घटनाहरू सम्म जोखिमहरू बढ्दै छन् । एशिया तथा प्रशान्त क्षेत्रका सरकारहरूले आफ्नो लचिलो अर्थतन्त्र वृद्धि सुनिश्चित गर्न सतर्क रहनु आवश्यक छ ।

चालु वर्षको लागि यस क्षेत्रको मुद्रास्फीति दर अघिल्लो ३.६ प्रतिशतको प्रक्षेपणबाट ३.५ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष ३.५ प्रतिशतको प्रक्षेपणको बावजुद आगामी वर्ष मुद्रास्फीति ३.६ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ ।

एल निनो मौसम ढाँचा वा रूस-युक्रेन द्वन्द्वको कारणले हुने सम्भावित खाद्य र ऊर्जाको आपूर्ति अवरोधहरूले पनि मुद्रास्फीतिलाई पुनःजगाउन सक्ने सन्दर्भ प्रतिवेदनमा उल्लेख गरिएको छ ।  

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  १ : ११ बजे

मधेशकी वनमन्त्री विच्छालाई राप्रपाले गर्‍यो निलम्बन

जनकपुरधाम– राप्रपाले पार्टीको निर्देशनविपरीत मधेश प्रदेश सरकारमा सहभागी भएकी मन्त्री

यूएईमा समस्यामा परेका विद्यार्थीले विवरण पेस गर्न दूतावासको आग्रह

काठमाडौं- अबुधाबी स्थित नेपाली दूतावासले यूएईमा समस्यामा परेका विद्यार्थीहरूलाई १५

पूर्णबहादुरले माफी माग्दै भने- निर्णय नहुँदासम्म बैठक सारिरहन्छु

काठमाडौँ- नेपाली कांग्रेसको शुक्रबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक आइतबार

जनपुरलाई हराएपछि पोखराका विपिन भन्छन्ः टिमको मनोबल बढेको छ

काठमाडौं – पोखरा एभेन्जर्सले राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर

धरानमा एमालेको बैठकमा कुटाकुट, ईश्वर पोखरेल समूहका अनिल राजधामी घाइते

काठमाडौं – धरानमा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनसम्बन्धी तयारी बैठकमा दुई