संविधानलाई ओली तानाशाहबाट खतरा देख्छु « Khabarhub

संविधानलाई ओली तानाशाहबाट खतरा देख्छु

‘कांग्रेसको समर्थनले ओलीभन्दा माथि परे प्रचण्ड’


३० पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : अहिले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार पूर्ण रूपमा अगाडि बढ्न सकेको छैन । यसर्थ मन्त्रीपरिषद्ले पूर्णता पाउन सकेको छैन । अत्यधिक विश्वासको मतले पुष्पकमल दाहाल यति बेला खुसीले गदगद् भएका छन् । यो खुशीको सहयात्री पार्टी नेपाली कांग्रेसले जसरी पुस २६ गते विश्वासको मत प्रदान गरेको छ, यसका पछाडि अरु कारण के छन् ? सभामुख उप सभामुखका संवैधानिक पदहरूमा नेपाली कांग्रेसले दाउ थापेको हो कि भन्ने सन्दर्भमा नेकपा एमालेका अध्यक्ष केपी ओलीले दिएको अभिव्यक्तिबाट पनि शंका गर्न सकिन्छ । त्यसबाहेक कांग्रेसका अरु स्वार्थ के हुन सक्छन् ? यसै विषयमा आधारित भएर लेखक तथा विश्लेषक शंकर तिवारीसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश:

प्रधानमन्त्री प्रचण्डमाथिको यो विश्वासको मतमा धेरैले शंका गरेका छन्, कांग्रेस कसरी प्रतिपक्षबाट पनि प्रचण्डलाई विश्वासको मत दिन तयार भयो ?
हाम्रा मुख्य नेताहरू प्रचण्ड, देउवा र ओली छन् उनीहरूको गुण र विशेषतालाई हेर्नु पर्दछ । कांग्रेसले जे को लागि गठबन्धन गरिएको थियो त्यो पुरा भएन । पहिला माओवादी र माधव नेपाल जसरी एमालेबाट निसासिएर हाम्रो सरणमा आए त्यसै गरी अब पनि आउने छन् । संसद् भनेको प्रतिपक्षको हो त्यहाँ कांग्रेस लुते पारा देखायो, ठुलो पार्टी जुन एक्लै नेतृत्व गर्न सक्ने र चुनावमा पनि पहिलो भएको कांग्रेस धेरै संघर्ष र बलिदान दिएर आएको पार्टी अहिले प्रतिपक्षमा बस्न नसकेको देखेर धेरैले टिप्पणी गर्न थालेका हुन् ।

कांग्रेसलाई पहिला प्रचण्डलाई प्रधानमन्त्री बनाउन किन अप्ठ्यारो पर्‍यो र अहिले विश्वासको मत दिन सजिलो भयो त ?
केपी ओलीले संसद् बसेको बेला जुन बयान दिनु भयो र त्यसको एकै दिनमा उहाँले यो त्यो कुरा पुरा गर्न सक्नु भएन नेपाल अहिले कहाँ जाँदै छ यो ७२ को संविधान हो कि ४७ संविधान हो त्यो ज्ञान ओलीसँग अहिले पनि रहेनछ । उहाँले त्यो बचकना तर्क ल्याउनु हुन्छ । संसद्लाई विघटन गर्न पाइन्छ पाइन्छ भन्नु हुन्छ आफ्नो अपराध लुकाउन यस्तो गँवार नेता अहिले सम्म जन्माउन सकेको थिएन । ७२ को संविधानले भनेको छ ५ वर्ष सम्म संसद् विघटन गर्न पाइँदैन भनेको छ । त्यसैले यो संविधानलाई केपी ओलीको तानाशाही बाट खतरा छ ।

देउवासँग त्यस्तो के थिएन जसले प्रधानमन्त्री बन्नबाट रोक्यो ?
शुद्ध कांग्रेसलाई देउवाको सुविधा भोगी र नैतिकता विमुख राजनीतिले विशुद्ध गरायो । देउवाले ३० वर्ष पञ्चायतको खिलाफमा लडेर आएको भन्दा मानिस छक्क पर्दछन् जो व्यक्ति २ हप्ता सत्ता बाहिरको अनुभव गर्न सक्दैन । प्रतिपक्षमा रहेर प्रतिपक्षको धर्म निभाउन सक्दैन । जो नेताले आफ्नो हारको पराजय आफ्नो काम बाट पार्टीलाई विजय दिलाउन सक्दैन त्यो बाट जिम्मेवार लिन सक्दैन र त्यो बाट निर्दोष कार्यकर्तालाई दोष लगाएर उम्किन्छ भने त्यो बाट लोकतन्त्रको विकास हुँदैन । देउवाले कसलाई अवसर दिएर नेता बनाएर को मान्छे प्रधानमन्त्री भयो किन कि अवसर पाउने ले अवसर दिने हो, त्याग गर्ने हो । हिजो अरू नेताले पनि बहुमत नपुगेर पद छोडेको हैन र लोकतन्त्रमा सङ्ख्या तन्त्र हैन आफ्नो नीति र एजेन्डाले फेल खाए पछि छोड्नु पर्दछ ।

प्रचण्डले कांग्रेस छोडेर एमाले अँगाल्नुमा कांग्रेसका सभापति मात्र दोषी हो कि अरू पनि ?
आलोपालो किन गरिन्छ, त्यो बुझ्नु पर्दछ । जनताहरू विकास कता छ त्यता गएका छन् । जतनाहरु नेता भन्दा अगाडि गइसके त्यो बुझ्नु पर्‍यो। जब बिरालो ले मुसा मार्न सक्दैन त त्यो बिरालो ठुलो भएर के भयो त । त्यसैले महत्त्वपूर्ण भनेको नेताले विकास तर्फ लाग्नु पर्‍यो। पहिला कांग्रेस ठुलो हुनु र जनताले विश्वास गर्नु को कारण नेताहरूको त्याग हो । तर अहिले देउवामा त्यो भएन ।

ओलीले छिमेकीहरू सरकार फेरफारमा लागिरहेका छन् भन्नुभयो, यो अभिव्यक्ति र कांग्रेसको अहिलेको भूमिकामा कतै साइनो छ ?
ओली आफै खुपिया एजेन्सीका मान्छेहरूलाई बालुवाटार बोलाएर राम्रो सत्कार गरेर खुमलटार पठाउने र त्यहाँ को फोटो लिने गर्दछन् । विदेशी आएको उहाँलाई थाहा भइहाल्ने के उहाँलाई सोधेर आउँछन् कि क्या हो । ओली पनि दोस्रो पार्टी उनलाई प्रतिपक्षमा बस्न दिएको मत हो उहाँले पनि त्यो तोडेर सरकारमा आएका हुन् । अहिले सम्म जो नेता दोहोर्‍याएरै आएको छ उसले राम्रो गरेको छैन । सत्तामा पुग्नु ठुलो हैन मैले केही गर्न सकिन भनेर भन्नु नै ठुलो कुरा हो । संवृद्धि हुन पद चाहिँदैन । रित पूर्ण रूपमा निर्देशन दिनु जनताहरू

यो गठबन्धनलाई विकासको धारमा ल्याउन कांग्रेसले बहुमत दियो, अब त्यसलाई सबैले मान्नु पर्दैन त ?
कांग्रेसले भन्नु पर्दथ्यो कि जनताले हामीलाई दिएको मत भनेको हामीले सरकार चलाउनु हो त्यो तपाईँहरू दिनु भएन अब ओलीले प्रचण्डलाई दबाबमा परे भने हामी खबरदारी गर्ने छौँ ।

कांग्रेसले कुनै पदमा दाबी गर्न यो समर्थन गरेको हो ?
पहिला कांग्रेसले बहुमत पाएको ठुलो पार्टी हो । त्यसको लागि उसले द्यैयता गर्नु पर्यो उसको जित पछि अवश्य हुन्थ्यो । अहिले नैतिकता हीन राजनीति भयो । माघ ५ गते सभामुखको निर्वाचनमा जुन पार्टीको बने पनि सांसद सरकारको बिजनेसलाई संसद्मा टेबुल गर्ने हो ।

एमाले सभामुख र राष्ट्रपति लिन खोजेको कारणले प्रचण्डले कांग्रेसको बहुमत लिएको भएर बुझ्दा हुन्छ ?
अहिले नेपाली कांग्रेसको एमालेको दबाबबाट माओवादी बचाउने ठाउँमा बसेको छ । जुनै पाटीको सभामुख र राष्ट्रपति बने पनि दलहरूको घेरामा नआओस् । कुनै दल को खेलौना नबनोस् । पार्टी भन्दा पनि सक्षम व्यक्ति होस् ।

अब प्रचण्डको अवस्थालाई कसरी बुझ्ने ?
प्रचण्ड अहिले ओली भन्दा माथि हुनुहुन्छ । कांग्रेसको समर्थन पहिला देखि नै पाउनु भएको छ । त्यसैले ओलीको भन्दा प्रचण्डको हात माथि परेको छ । कांग्रेस प्रचण्डमा संकट आउनु भन्दा अगाडि नै उभियो ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  १ : ०१ बजे

अर्थमन्त्री वाग्लेले आज उद्योगपतिहरूसँग बजेट कार्यान्वयनबारे छलफल गर्दै

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उद्योगका उद्योगपतिहरुसँग छलफल

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीको

दार्चुलामा मध्य चमेलिया जलविद्युत आयोजना निर्माण हुने

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा थप

बिरामीलाई थाहै नहुने हेपाटाइटिस महामारी के हो ?

काठमाडौँ – हरेक वर्ष जुलाई २८ तारिखका दिन विश्वभर ‘विश्व

काँकरभिट्टाबाट गत वर्ष साढे ९ हजार विदेशी पर्यटक भित्रिए

झापा– नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक वर्ष