गण्डकी प्रदेशको सभामुखका लागि आज मतदान हुँदै « Khabarhub

गण्डकी प्रदेशको सभामुखका लागि आज मतदान हुँदै


३० पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कास्की – गण्डकी प्रदेशसभामा आज सभामुखको निर्वाचन हुने भएको छ । आज ३ बजे बस्ने प्रदेशसभाको बैठकमा सभामुख चयन गर्ने गरी प्रदेशसभा सचिवालयले कार्यतालिका सार्वजनिक गरेको हो । कार्यक्रमअनुसार आज ११ बजेदेखि १ बजेसम्म प्रदेशसभा सचिवालयमा् सभामुख पदका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ । उक्त समयभित्र दर्ता भएका उम्मेदवारीको १ : ३० बजे सूची प्रकाशन गर्ने जनाइएको छ ।

त्यसैगरी ३ बजेको बैठकमा उम्मेदवारीको सूचनामाथि छलफल भई निर्णयार्थ प्रस्तुत हुने प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए । सत्ता गठबन्धनमा गण्डकीमा नेकपा (एमाले)ले मुख्यमन्त्री र माओवादीले सभामुख पाउने गरी भएको सहमतिअनुसार एमालेका संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएर शुक्रबार प्रदेशसभाबाट विश्वासको मत पाइसकेका छन्।

गठबन्धनबाट माओवादीका सभामुखमा कृष्णप्रसाद धिताल उम्मेदवार बन्ने भएका छन् । नेपाली कांग्रेसले भने हालसम्म उम्मेदवार तय गरिसकेको छैन । कांग्रेस संसदीय दलको बैठकले सभामुखको उम्मेदवार तय गर्ने जिम्मा दलको नेतालाई दिएको छ । साठी सदस्य रहेको गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादीका आठ, राप्रपाका दुई र स्वतन्त्र एक सदस्य छन् ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ९ : ०७ बजे

पूर्णबहादुरले भने : आयोगको निर्णयविरुद्ध संघर्ष गर्छौँ

काठमाडौं- नेपाली कांग्रेसका निर्वतमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनलाई

पूर्णबहादुर खड्काको आरोप : आयोगले सेटिङमा निर्णय गर्‍यो

काठमाडौं – नेपाली कांग्रेस देउवा समूहका कार्यवहाक सभापति पूर्ण बहादुर

गगन पक्षलाई मान्यता दिँदा आयोगको निष्कर्ष : कांग्रेसमा महाधिवेशन प्रतिनिधि नै सर्वोच्च

काठमाडौं– निर्वाचन आयोगले गगन थापा समूहलाई नेपाली कांग्रेसको मान्यता दिँदा

देउवा पक्षले भन्यो : आयोगको निर्णय मान्दैनौँ, विधि र प्रक्रियाको धज्जी उडाइयो

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले गगन थापा पक्षलाई निर्वाचन