बालविवाह समाजको जटिल समस्या « Khabarhub

बालविवाह समाजको जटिल समस्या


३० पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सप्तरी – जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका कार्यालय प्रमुख दुनियाँ लाल यादवले बालविवाह समाजको जटिल अवस्था रहेको बताएका छन् । बालिकाको शिक्षामा पहुँच तथा बालविवाह न्यूनीकरणका लागि परिकल्पना नेपाल सप्तरी, सामुदायिक सेवा केन्द्र,जिल्ला स्वास्थ्य कार्यालय सप्तरीको संयुक्त आयोजनामा शनिबार राजविराज नगरपालिका वडा नम्बर १ मा आयोजित दबाबमूलक र्‍याली तथा पौष्टिक पिटो वितरण कार्यक्रममा सो कुरा बताएका हुन्।

बालविवाहको कारण महिलाहरूमा स्वास्थ्य समस्या हुने गरेकोले बालबालिकासँग आमाबाबुले किशोर अवस्थामा हुने परिवर्तन र अपनाउनु पर्ने साबधानीको विषयमा जानकारी दिन सके बालविवाह न्युनिकरण हुने बताए ।

बालिकाको पाठेघर ६० ग्रामको मात्र हुने र गर्भवती भएपछि ९ देखि १२ किलोसम्म हुने भएपछि पाठे घरमा गाठो हुने, घाउँ हुने पाठेघर खस्ने समस्या हुने भएकोले कसैले पनि उमेर नपुगी बिवाह गर्न नहुने बताए ।

उनले पौष्टिक पिठो गर्भवती र सुत्केरीको लागि संजिवनी बुटी भएकोले यसको महत्त्व बुझेर अनिवार्य प्रयोग गर्न आग्रह गरे । यसले बालबालिकालाई कुपोषित मात्र हुन दिँदैन विभिन्न रोगबाट बचाउने जानकारी समेत दिए ।

उनले गर्भवती महिलाले कम्तिमा पनि ४ पटक स्वास्थ्य चौकीमा गएर स्वास्थ्य जाँच गराई राज्यले उपलब्ध गराएको सुविधा लिनुपर्ने बताए । आंग खसेको समस्याको माघ १५ देखि नि:शुल्क उपचार हुने जानकारी समेत दिए ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दासले २० वर्ष पुगेपछि मात्र विवाह गर्नु पर्ने बताए । उनले भने,झबीस वर्ष मुनी विवाह गर्न नहुने बताए । बीस वर्ष नपुगि बिवाह गर्नेलाई कानुनी कारबाही हुने विषयमा जानकारी गराइएको थियो । कार्यक्रममामा ३० जना सुत्केरी र गर्भवती महिला पौष्टिक पिठो वितरण गरिएको थियो ।

कार्यक्रम परिकल्पना नेपालको अध्यक्ष सुधा देवकको अध्यक्षतामा सम्पन्न भएको थियोे । पौष्टिक पीठो वितरणपछि परिकल्पना नेपाल संस्थाको नेतृत्व र्‍याली निकालिएको थियो ।

र्‍यालिमा सामुदायिक सेवा केन्द्रका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, स्थानीय बालबालिका,किशोरी,महिला सहित करिव एक सय जनाको उपस्थिति रहेको थियो ।

सहभागीहरूले बालविवाह गर्नेलाई कानुनी सजाय दिनुपर्छ, छोरा सरह छोरीलाई शिक्षा दिनुपर्छ, बालविवाह गर्नेलाई ३ वर्ष सजाय र ३० हजार जरिवाना हुन्छलगायत नारा लगाई वडाको परिक्रमा गरेका थिए ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ९ : ०० बजे

मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्तिविरुद्ध परेको रिटमा अदालतले

सङ्क्रामक पशु रोग नियन्त्रण गर्न विधेयकको मस्यौदा तयार

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सङ्क्रामक पशु रोग

आलु उत्पादनअघि नै बजार सुनिश्चित, किसान उत्साहित

कञ्चनपुर– आलु बिक्रीको सुनिश्चितता भएपछि कञ्चनपुरका किसान खुसी भएका छन्

रास्वपा कार्यालयमा गृहमन्त्री, विभिन्न घटनाका पीडितको भिड (तस्बिरहरू)

काठमाडौं- नागरिकको गुनासो सुन्ने कार्यक्रमअन्तर्गत गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र