‘नेपाल बर्बाद पार्न भित्र र बाहिरका शक्ति क्रियाशील छन्’ « Khabarhub

‘नेपाल बर्बाद पार्न भित्र र बाहिरका शक्ति क्रियाशील छन्’


२ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख सत्तासाझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीले देश बर्बाद बनाउने शक्ति क्रियाशील रहेको बताएका छन् । काठमाडौंमा मंगलबारबाट सुरु भएको अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले देश बर्बाद बनाउन भित्र र बाहिरका शक्ति क्रियाशील रहेको बताएका हुन् । 

पाँच दलीय गठबन्धन भत्काइएकोमा खुसी नहुन कार्यकर्तालाई आग्रह गरेका उनले संसद्को बनावट अस्थिरता निम्त्याउने खालको रहेकाले अहिलेको अवस्था परिवर्तन हुन सक्ने संकेत व्यक्त गरे । देश बनाउने विषय सोझो रेखामा राजनीति नहिँड्ने भन्दै उनको भनाइ छ । 

‘देश बनाउने भनेको कुरो, सोझो रेखामा राजनीति जाँदैन । हामीले अनेकौँ उत्तारचढाव देखेका छौँ, फेरि पनि आउँछन् उत्तारचढाव आउँछ,’ अध्यक्ष ओलीले भने, ‘अहिले साथीहरू काफी प्रसन्न भएको देख्छु । हामीले पाँच दलीय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौँ, यो सफलताको कुरा  हो। 

कथंकदाचित यो अवस्था फेरियो भने, संसद्को बनावट नै अस्थिरताको कारक हुनेखालको बनावट छ । संसद्‌मा हाम्रो बहुमत छैन । अनेक प्रकारका, भित्रका, बाहिरका शक्तिहरू यो देश बर्बाद पार्न क्रियाशील छन् ।’ 

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ३ : ५५ बजे

दोधारा-चाँदनी झोलुङ्गे पुल पुननिर्माणमा २० करोड लाग्ने अनुमान

महेन्द्रनगर– कञ्चनपुरको ऐतिहासिक दोधारा चाँदनी झोलुङ्गे पुल पुनःनिर्माणका लागि २०

मस्कको राजनीतिक खर्चप्रति स्यान्डर्सको आलोचना

वासिङ्टन- अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले अर्बपति उद्यमी एलन मस्कले रिपब्लिकन पार्टीलाई

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, दर्शकको मन जित्न तम्तयार दयाहाङ-विजय

काठमाडौं– नेपाली फिल्मको लोकप्रिय शृङ्खला ‘कबड्डी’ फेरि दर्शकमाझ आउने तयारीमा

इरानलाई रुस र चीनको सहयोगबारे ट्रम्पको अविश्वास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनले इरानलाई सहयोग

भारतको उत्तराखण्डमा गुट्खा र पान मसला बेच्न एक वर्षको प्रतिबन्ध

काठमाडौं- नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्ड राज्यले जनस्वास्थ्यलाई मध्यनजर गर्दै