नयाँ वर्षका अवसरमा नारायणी संरक्षण वर्ष २०८० प्रारम्भ « Khabarhub

नयाँ वर्षका अवसरमा नारायणी संरक्षण वर्ष २०८० प्रारम्भ


१ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मध्यबिन्दु– नयाँ वर्षका अवसरमा नारायणी संरक्षण वर्ष २०८० प्रारम्भ गरिएको छ । शुक्रबार नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–२ नारायणी नदी किनारमा नारायणी संरक्षण वर्ष २०८० को पावन अवसरमा सहमति संस्थाले नारायणी नदी सरसफाइ तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

कार्यक्रमका वक्ताले नदी सभ्यताबारे पानी मानव जीवनमा अत्यावश्यक रहेकाले यसको संरक्षण र सुरक्षित प्रयोगमा ध्यान दिन आग्रह गरेका छन् । कार्यक्रममा गैँडाकोट नगरपालिकाका पूर्व प्रमुख छत्रराज पौडेलले नदीको संरक्षणमा आफ्नो कार्यकालमा धेरै काम भएको बताउँदै अब पनि संरक्षणमा सबै जुट्नुपर्ने बताए।

गैँडाकोट–५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटाले नारायणी नदी पर्यटकीय आकर्षणको केन्द्र रहेकाले नगरपालिकाको तर्फबाट पनि सहयोग रहने बताए । सहमतिका सल्लाहकार संयोजक भीम शर्माले सहमतिले संरक्षण वर्षका रूपमा मनाउनु र अक्षयकोष स्थापना गर्नु नै महत्वपूर्ण कुरा भएको बताए ।

सहमतिका अध्यक्ष होमनाथ सुवेदीले नारायणी नदी र पानी संरक्षणमा जुट्न सबैलाई आह्वान गर्दै संस्थाको आन्तरिक कार्यक्रमअन्तर्गत वर्षभरि संरक्षणका कार्यक्रम गरिने बताए ।

सहमतिका कार्यकारी संयोजक हरिप्रसाद सापकोटाले नारायणी नदीको दिगो संरक्षण गर्दै सुरु गरिएको यो ५० औँ सरसफाइको कार्यक्रम भएको जानकारी दिए । सहमतिको सिमसार क्षेत्र पुनःस्थापना र नारायणी तटीय सामूहिक प्रयास तथा कार्ययोजना परियोजनाका संयोजक दिनेश बास्ताकोटीले पानीको महत्वबारे आम जनमानसमा जानकारी गराउँदै यसको संरक्षणमा जागरुक गराउँदै आएको र यो निरन्तर चलिरहने बताए ।

सहमतिको परियोजनामार्फत नारायणी नदीमा प्रदूषण कम गर्ने, नदी तटीय क्षेत्रमा आश्रित परिवारको जीविकोपार्जन सुधार, पानीसँग सम्बन्धित जोखिम कम गर्ने, सिमसार क्षेत्रको संरक्षण, नदीको अनुगमन, पानीको उचित प्रयोग, स्थानीय सरकारसँग समन्वयमा प्रदेश तथा संघीय सरकारलाई नीति निर्माणमा सहयोगसमेत गर्दै आएको परियोजनाका सामुदायिक सहजकर्ता क्षितिज शर्माले जानकारी दिए । सो अवसरमा नदी किनारमा सरसफाइ गर्नुका साथै सरसफाइबारे चेतनामूलक ‘प्ले कार्ड’ टाँगिएको थियो ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  २ : ३२ बजे

एमाले पुनर्गठन कार्यदलमा बादल र शंकरले प्रस्तुत गरे दुई फरक प्रतिवेदन

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित