समृद्ध श्रीलंका निर्माणका लागि नयाँ सुरुवात गर्न राष्ट्रपतिको आह्वान « Khabarhub

समृद्ध श्रीलंका निर्माणका लागि नयाँ सुरुवात गर्न राष्ट्रपतिको आह्वान


१ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– राष्ट्रपति रनिल विक्रमासिङ्घेले समृद्ध श्रीलंका निर्माणका निम्ति नयाँ सुरुवात गर्न आह्वान गरेका छन् । सिंहला र तमिल नववर्षका अवसरमा आज जारी गरेको सन्देशमा उनले देशलाई वर्तमान चुनौतीबाट पार लगाउन नवीन सुरुवातका निम्ति आह्वान गरेका हुन् ।

‘गत वर्ष हाम्रो दैनिक जीवनमा बाधा पुर्‍याउने अभूतपूर्व आर्थिक संकट झेल्नुपर्‍यो अहिले हामीले अथक कष्टबाट मुक्त भएर नयाँ वर्षको अनुष्ठानमा भाग लिन पाएका छौँ, सन् २०२३ ले श्रीलंकाका लागि सन्तोषजनक वातावरण ल्याएको छ । अहिलेको तुलनामा देशलाई अझ समृद्ध बनाउने प्रयासमा हामी एकताबद्ध भएर अघि बढ्न जरुरी भएको छ,’ सन्देशमा राष्ट्रपति विक्रमासिङ्घेले भनेका छन् । 

राजनीतिक सम्बद्धता, जातीय र धार्मिक विविधता  भए पनि राष्ट्रको उज्ज्वल भविष्य निर्माणका निम्ति नयाँ सुरुवात अपरिहार्य भएकामा जोड दिँदै श्रीलंकाली राष्ट्रपतिले एक राष्ट्रको रूपमा एकताबद्ध भएर अगाडि बढेमा समृद्धि प्राप्त गर्ने आकांक्षा हासिल गर्न कठिन नहुने बताएका छन् ।  

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ३ : ३७ बजे

एमाले पुनर्गठन कार्यदलमा बादल र शंकरले प्रस्तुत गरे दुई फरक प्रतिवेदन

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित