यमनमा सरकार र द्वन्द्वरत पक्षबीच कैदीको आदानप्रदान सुरु « Khabarhub

यमनमा सरकार र द्वन्द्वरत पक्षबीच कैदीको आदानप्रदान सुरु


१ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

यमन– यमनी द्वन्द्वका दुवै पक्षले करिब ९०० बन्दीको रिहाई र कैदी आदानप्रदान शुक्रबारदेखि शुरु गरेको रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) ले जनाएको छ ।

आइसिआरसी यमनले ट्विटरमा भनेको छ, ‘आईसीआरसीले चार्टर गरेको विमानले १२५ जना पूर्व बन्दीहरूलाई लिएर सानाबाट एडेनका लागि गएसँगै कैँदी आदानप्रदानको क्रम शुरू भएको छ । यी दुई विमानमा आईसीआरसीका धेरै कर्मचारी छन् र उनीहरूलाई यमन क्रिसेन्ट र सञ्चारमाध्यमले घरसम्म पुग्न सहयोग गर्नेछन् ।

‘कैँदी आदान प्रदानका लागि आईसीआरसीको भूमिका मानवीय सिद्धान्तको सम्मान गरिएको सुनिश्चित गर्नु हो र बन्दीहरूलाई रिहाई र स्थानान्तरण प्रक्रियामा मानवताका साथ व्यवहार गर्नु हो ।’

सन् २०२३ को मार्च २० मा स्विट्जरल्याण्डको बर्नमा सम्पन्न वार्ताको परिणाम यमनको द्वन्द्वका पक्षहरूले रिहाईको योजनालाई अन्तिम रूप दिएका थिए । आईसीआरसीले यमनका लागि महासचिवको विशेष दूतको कार्यालय (ओएसईएसजीवाई) सँग यी बैठकहरूको सह-अध्यक्षता गरेको थियो । 

‘सद्भावनाको यस कार्यले, द्वन्द्वबाट टुक्रिएका सयौँ परिवारहरू रमजानको पवित्र महिनामा पुनः मिलन भइरहेका छन्, जसले ठूलो पीडाको बीचमा आशाको किरण प्रदान गर्दछ । हाम्रो गहिरो इच्छा रिहाईहरूले व्यापक राजनीतिक समाधानको लागि गति प्रदान गर्दछ, जसले अझ बढी कैदीहरूलाई उनीहरूको प्रियजनहरूसँग फर्काउँछ,’ आईसीआरसीका मध्य पूर्वका लागि क्षेत्रीय निर्देशक फाब्रिजियो कार्बोनीले भने । 

हुथी नियन्त्रित सञ्चारमाध्यम सबाका अनुसार यसअघि कैदीहरूको मामिलासम्बन्धी राष्ट्रिय समितिका प्रमुख अब्दुल कादिर अल मुर्तदाले रमजान सम्झौताको पहिलो चरणमा शुक्रबार एडेन विमानस्थलबाट सानाका लागि कैदीहरूलाई लाने योजना मुताबिक काम भएको पुष्टि गरेका छन् ।

हुथी विद्रोहीले सन् २०१४ मा सानालाई आफ्नो नियन्त्रणमा लिएर अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई अपदस्थ गरेको थियो र अर्को मार्चमा अरब नेतृत्वको सैन्य हस्तक्षेप सुरु गरेको थियो ।

यसको प्रकोपदेखि नै यमनको द्वन्द्वले गम्भीर गृहयुद्धको रूप लिएको थियो । द्वन्द्वका कारण हजारौँ यमनी नागरिकले ज्यान गुमाएका छन् भने लाखौँको सङ्ख्यामा विस्थापित बनेका छन् ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ७ : ०४ बजे

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन जिल्ला प्रशासन काठमाडौँको निर्देशन

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी निकायमा कार्यरत

ओटीटी प्लेटफर्म अब कानुनी दायरामा, सञ्चालनका लागि अनुमति अनिवार्य

काठमाडौं । सरकारले डिजिटल प्रसारण क्षेत्रमा पहिलोपटक स्पष्ट कानुनी व्यवस्था