पोखराको महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झण्डा पार्क « Khabarhub

पोखराको महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झण्डा पार्क


१ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखराको मुख्य बजार क्षेत्र रहेको महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झण्डा पार्क निर्माण सुरु भएको छ ।

विश्वका सबै देशको झण्डा एकै ठाउँमा राखेर आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ सँगको सहकार्यमा पार्क निर्माण थालनी गरेको हो । महेन्द्रपुलस्थित सेती नदीको डिलमा महानगरको जग्गामा निर्माण हुने सो पार्कको आज नयाँ वर्षको पहिलो दिन महानगर प्रमुख धनराज आचार्यले शिलान्यास गरे ।

प्यारापिटसहितको झण्डापार्क आगामी डेढ महिनाभित्रमा निर्माण गरिसक्ने योजना रहेको छ । पार्कमा संयुक्त राष्ट्रसङ्घमा आबद्ध एक सय ९५ देशसहित साझेदार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाको झण्डा राखिने महानगर प्रमुख आचार्यले बताए ।

उनले भने , “संयुक्त राष्ट्रसङ्घमा सदस्य रहेका देश सबैको झण्डा र देशको नामसहित उल्लेख गरेर राख्नेछौँ । पार्कको बीच भागमा नेपालको सबैभन्दा ठूलो ४० मिटर अग्लो झण्डा राखिनेछ । विशेष अवसरमा झण्डोत्तोलनका लागि सोही स्थानमा कार्यक्रम गर्नेछौँ ।”

झण्डा पार्क निर्माणका लागि रु ७० लाख लागत अनुमान गरिएको छ । सम्पूर्ण लागत रकम लायन्स क्लबले बेर्होने र यसको सञ्चालन महानगरले गर्नेछ ।

लायन्य क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ का गभर्नर रामबहादुर वसेलले झण्डापार्कले संसारका पर्यटकलाई आकर्षित गर्ने बताए। महत्त्वपूर्ण कार्यमा लायन्स क्लब जोडिन पाउँदा खुसी लागेको उनले बताए । उनले भने, “महेन्द्रपुल पोखराको अति महत्त्वपूर्ण ठाउँ हो, यहाँ सबै क्षेत्रबाट आवातजावत हुन्छ । पोखरामा संसारबाट पर्यटक आउँछन् । यहाँ आएर झण्डा पार्क हेर्दा उनीहरूलाई गौरवबोध हुन्छ । महत्त्वपूर्ण काममा लायन्स सहभागी हुन पाउँदा खुसी छौँ । स्थानीय सरकारसँग सहकार्य गरेर पोखराका लागि काम गर्नेछौँ ।”

पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले पर्यटकीय हिसाबले झण्डा पार्कको महत्त्व हुने बताए । पोखराको लेकसाइड आउने पर्यटकहरू बजार क्षेत्र रहेको महेन्द्रपुलमा आउने र यसले पर्यटकको बसाइ लम्ब्याउन सहयोग पुग्ने उनले बताए । महानगरले केही दिनअघि महेन्द्रपुलमा नै अत्याधुनिक सार्वजनिक शौचालय निर्माणको थालनी गरेको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) र महानगरपालिकाको रु एक करोड लागत साझेदारीमा सार्वजनिक शौचालय बनाउन लागिएको हो ।

महानगरले महेन्द्रपुलमा आफ्नो स्वामित्वमा रहेका दुई पुराना भवन भत्काएर झण्डा पार्क र सार्वजनिक शौचालय निर्माण सुरु गरेको हो ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ८ : १८ बजे

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन जिल्ला प्रशासन काठमाडौँको निर्देशन

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी निकायमा कार्यरत

ओटीटी प्लेटफर्म अब कानुनी दायरामा, सञ्चालनका लागि अनुमति अनिवार्य

काठमाडौं । सरकारले डिजिटल प्रसारण क्षेत्रमा पहिलोपटक स्पष्ट कानुनी व्यवस्था