शिक्षक सङ्घको केन्द्रीय अध्यक्षमा गिरि « Khabarhub

शिक्षक सङ्घको केन्द्रीय अध्यक्षमा गिरि


१ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेस निकट नेपाल शिक्षक सङ्घको केन्द्रीय अध्यक्षमा सोमनाथ गिरी निर्वाचित भएका छन् । सङ्घको नवौँ महाधिवेशनको आज सम्पन्न मतगणनामा गिरीले अर्का अध्यक्षका उम्मेदवार गोकर्णबहादुर बानियाँलाई सात मतले पराजित गर्दै विजयी भएका हुन् । अध्यक्ष गिरीले तीन सय पाँच मत प्राप्त गर्नुभयो भने अर्का उम्मेदवार बानियाँले दुई सय ९८ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत दीपकलाल खतिवडाले जानकारी दिए ।

वरिष्ठ उपाध्यक्षमा इलमबहादुर शाही, महिला उपाध्यक्षमा धना भण्डारी, कोशी प्रदेश उपाध्यक्षमा वीरेन्द्रकुमार खड्का, मधेश प्रदेश उपाध्यक्षमा छोटेलालप्रसाद साह, बागमती प्रदेश उपाध्यक्षमा सुन्दर पन्त, गण्डकी प्रदेश उपाध्यक्षमा लक्ष्मीप्रसाद रेग्मी, लुम्बिनी उपाध्यक्षमा प्रेमप्रसाद भण्डारी, कर्णाली उपाध्यक्षमा भगवती श्रेष्ठ र सुदूरपश्चिम उपाध्यक्षमा खड्कबहादुर खड्का विजयी भएका छन् ।

महासचिवमा ज्ञानेन्द्रबहादुर रावल, महासचिव अर्थमा निर्मला कोइराला, उपमहासचिवमा नारायणप्रसाद तिमल्सिना, उपमहासचिव महिलामा गीता शिवाकोटी, उपमहासचिव अर्थमा प्रेमप्रसाद पौडेल, उपमहामहासचिव मधेशमा तीर्थराजप्रसाद यादव, उपमहासचिव समावेशीमा सीतादेवी थापा र उपमहासचिव कर्णालीमा कालीबहादुर शाही विजयी भएका छन् ।

शिक्षक सङ्घबाट कांग्रेसको महाधिवेशनमा भाग लिन जाने प्रतिनिधि आजै चयन गरिएको प्रमुख निर्वाचन अधिकृत खतिवडाले जानकारी दिए । शिक्षक सङ्घबाट कांग्रेसको महाधिवेशन प्रतिनिधि बन्नका लागि भएको निर्वाचनमा निवर्तमान अध्यक्ष राजेन्द्रराज पौडेल, लक्ष्मीकिशोर सुवेदी, लक्ष्मणदत्त भट्ट, यमपी भुसाल, पद्मिनी थापा र सीता गैह्रे निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ८ : ३५ बजे

बार्सिलोनासँग हारेसँगै रियल म्याड्रिडले प्रशिक्षक जाबीलाई हटायो

म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिडले प्रमुख प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त

बंगलादेशले भारतमै टी-२० विश्वकप खेल्नुपर्ने, आईसीसीले गर्‍यो नयाँ प्रस्ताव अस्वीकार

ढाका- अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले बंगलादेश क्रिकेट बोर्डले माग गरेको टी-२०

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष