कांग्रेसका पूर्व सांसद शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी, मोबाइल अफ गरेर फरार « Khabarhub

कांग्रेसका पूर्व सांसद शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी, मोबाइल अफ गरेर फरार


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका पूर्व सांसद आङतावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरण ढाकछोपमा संलग्न रहेको आरोपमा आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

सोही प्रकरणमा पक्राउ परेकाहरुसँग पूर्व गृहमन्त्री बालकृष्ण खाणलगायतको नाम नभन्नका लागि अनुरोध गर्न प्रहरी कार्यालय पुगेका शेर्पामाथि थप अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको हो। उनलाई पक्राउ गर्नका लागि शुक्रवार नै जिल्ला अदालत, काठमाडौँबाट अनुमति लिइएको छ।

तर, शेर्पा सो घटना सार्वजनिक भए पछि मोबाइल अफ गरी फरार भएका छन्। उनको प्रहरीले शुक्रबारदेखि खोजी गरे पनि अझैसम्म फेला पार्न सकेको छैन।

सो प्रकरणमा पक्राउ परेका सानु भण्डारी र केशव दुलाललाई भेटघाट गरी खाणको नाम नलिन उनले अनुरोध गरेको यसअघि सार्वजनिक भएको थियो।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  १२ : ०५ बजे

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई

एसियाली पारा खेलकुदमा पहिलोपटक नेपाली ह्विलचियर टेनिस खेलाडी

काठमाडौं । ह्विलचियर टेनिस खेलाडी रामबहादुर तामाङले वाइल्ड कार्डमार्फत पाँचौँ

कप्तानगञ्ज घटनामा गोली लागेका मेहताको शव परीक्षणका लागि परिवार तयार

काठमाडौं । सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएर

भूमिहीनका नाममा झूटो विवरण पेश गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौँ । सरकारले भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित