श्रोत नखुलेको रकमसहित भारतीय मोटरसाइकल प्रहरीको नियन्त्रणमा  « Khabarhub

श्रोत नखुलेको रकमसहित भारतीय मोटरसाइकल प्रहरीको नियन्त्रणमा 


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

सर्लाही- सशस्त्र प्रहरीले श्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित भारतीय मोटरसाइकल नियन्त्रणमा लिएको छ । सर्लाही जिल्ला मलंगवा नगरपालिका ८ स्थित भन्सार इलाकाबाट शनिबार प्रहरीले  बिआर ३० एन ३५९० नम्बरको भारतीय मोटरसाइकलमा भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको एक हजार रुपैयाँको ७०० थान र पाँच सय रुपैयाँको २०० थान नेपाली रुपैयाँसहित मोटरसाइकल सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवाले नियन्त्रणमा लिएको  हो ।

नियन्त्रणमा लिएको नेपाली रुपैयाँ र मोटरसाइकल आवश्यक कारबाहीको लागि सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाइएको प्रहरीले जनाएको छ ।

यसै गरी सोही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ५ स्थित सखुअवाबाट २० के.जी गाँजासहित एउटा भारतीय मोटरसाइकल वैशाख ३१ गते सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिआर ३० डी ५८८५ नम्बरको भारतीय मोटरसाइकलमा नेपालबाट भारततर्फ लैजाँदै गरेको ४ पोका गाँजा सशस्त्र प्रहरी बल नेपाल विओपी सखुअवाले नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीलाई देख्नासाथै मोटरसाइकल सोही ठाउँमा छाडी व्यक्ति भने फरार भएका थिए । नियन्त्रणमा लिएको गाँजा र मोटरसाइकल आवश्यक कारबाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ४ : ३८ बजे

रूसले भन्यो : आणविक हतियारले मात्र विश्वलाई जोगाउन सक्छ

एजेन्सी– रूसले आणविक हतियारलाई विश्वलाई सम्भावित विश्वयुद्धबाट जोगाउने ‘एकमात्र’ माध्यमका

इरानी आणविक केन्द्रमा फेरि आईएईए निरीक्षण हुने संकेत

टोकियो– संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक

ताकम र शिवाङमा सडक कालोपत्र

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकम र शिवाङमा पालिकामै पहिलोपटक सडक कालोपत्र

 ललितपुरमा ४३ सेवाग्राहीलाई घरमै राहदानी वितरण

ललितपुर–  जिल्ला प्रशासन कार्यालय ललितपुरले सेवा सञ्चालन भएको एक महिनामा ४३

रास्वपा महाधिवेशन : ८० वटा विद्युतीय मेशिन तयार (तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय