विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ « Khabarhub

विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ


३१ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका  जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका-१ सिरुटार बिरुवा बसपार्कस्थित पार्किङमा राखेको बा.प्र-०१-००६ ख १५१८ नम्बरको बसमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-३ बस्ने २३ वर्षीय जीवन अर्यालसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग सिरुटारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७२ हजार ५ सय ४५ रूपैयाँ र २ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

लमजुङको दोर्दी गाउँपालिका-४ नौथर सेरास्थित ए वन होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय कुमार राना समेत ७ जनालाई  प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङ र प्रहरी चौकी श्रीभञ्ज्याङबाट खटिएको प्रहरीले उनीहरूलाई  नगद ७६ हजार ६ सय ३५ रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको  हो ।    

तेह्रथुमको आठराई गाउँपालिका-१ फाल्गुनन्द चोकस्थित पाथिभारा भ्यू होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-६ चुहानडाँडा बस्ने ३५ वर्षीय लोक नारामान कन्दङ्वासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय आठराईबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २९ हजार २ सय १ रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरको हो । 

 

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  १ : ०२ बजे

त्रियुगा नगरपालिकाको नयाँ भवन निर्माण

उदयपुर– त्रियुगा नगरपालिकाको सुविधासम्पन्न चारतले भवन निर्माण भएको छ ।

नवलपुरमा थपिए ९ हजार मतदाता

नवलपरासी– बर्दघाट सुस्तापूर्व नवलपुरमा नौ हजार २३७ मतदाता थपिएका छन्

भोजपुर नागीका ८० वर्षमाथिका ३० ज्येष्ठ नागरिक सम्मानित

भोजपुर– समाज निर्माणमा जीवनभर पुर्‍याएको योगदानको कदर गर्दै टेम्केमैयुङ गाउँपालिका–४

हुलाकी राजमार्ग : इनरुवा सडकको ठेक्का तोडियो

काठमाडौं – हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा-कप्ताङगञ्ज सडकको ठेक्का तोडिएको छ।

सत्य बोलेर देशलाई गुन लाउने कि ?

हामी बुद्धिजीवीले समय, स्थान र घटनाकम अनुसार आफ्नो तटस्थ अभिव्यक्ति