पुरुष बास्केटबल : नेपाल भूटानसँग पराजित « Khabarhub

पुरुष बास्केटबल : नेपाल भूटानसँग पराजित


३१ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – माल्दिभ्समा आजदेखि सुरु भएको फाइभ नेसन्स पुरुष बास्केटबल प्रतियोगितामा नेपाल भूटानसँग पराजित भएको छ ।

माल्दिभ्सको मालेमा आज भएको पहिलो खेलमा भूटानले नेपाललाई ६१–५५ ले पराजित गर्दै विजयी भएको हो । नेपालले बास्केटबलमा सन् २०१९ मा काठमाडौँमा भएको १३औँ दक्षिण एशियाली खेलकुद प्रतियोगितापछि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको हो ।

नेपालमाथि भूटानले पहिलो क्वार्टरमा २१–१३ को अग्रता बनाएको थियो । सुरुमै ८ अङ्कले पछि परेको नेपालले त्यसपछिको दोस्रो क्वार्टरमामा पुनरागमन गर्ने प्रयास ग¥यो । नेपालले दोस्रो क्वाटर १६–१५ र तेस्रो क्वार्टरमा १३–१२ को अग्रता बनाउएको थियो । तर चौथो तथा निर्णायक क्वार्टरमा नेपाल र भूटानले समान १३ अङ्क जोडेपछि नेपाल ६१–५५ ले पराजित भयो ।

नेपालले आफ्नो दोस्रो खेल भोलि पाकिस्तानसँग खेल्नेछ । यस्तै नेपालले लिगको आफ्नो अन्तिम खेल आउँदो आइतबार घरेलु टोली माल्दिभ्ससँग खेल्नेछ । प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका पाँच राष्ट्रको सहभागिता रहेको छ । यसमा आयोजक माल्दिभ्ससहित नेपाल, बङ्गलादेश, भूटान र पाकिस्तान छन् ।

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  १० : ३४ बजे

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई

सैनिक कर्मचारी सवार मिनीबसमा आक्रमण, एक जनाको मृत्यु

तेहरान- इरानको अशान्त दक्षिण–पूर्वी सिस्तान–बलुचिस्तान प्रान्तमा सैनिक कर्मचारी सवार मिनीबसमा सशस्त्र

बढ्यो त्रिविको बजेट, कुन शीर्षकमा कति?

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक बजेटमा वृद्धि भएको

‘रमणी’को खुसीमा पूर्वपतिको प्रश्नले बिगार्‍यो माहोल, एलिना चौहान आक्रोशित

काठमाडौं– नयाँ ठाउँमा आफ्नो व्यवसाय सुरु गरेको खुसी बाँड्न सञ्चारकर्मी

नयाँ बसपार्कमा गाउँ फर्किनेको बढ्यो भीड (तस्बिरहरू)

काठमाडौं– वडा दसैँ नजिकिएसँगै काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा घर फर्किने