एनआरएनए कतारको सचिवमा क्षत्रीको उम्मेदवारी घोषणा « Khabarhub

एनआरएनए कतारको सचिवमा क्षत्रीको उम्मेदवारी घोषणा


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

दोहा – गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको सचिवमा ओम बहादुर क्षत्रीले उम्मेदवारी घोषणा गरेका छन् । लामो समयदेखि आफू कतारको दोहालाई कर्मथलो बनाएर सक्रिय रहेको र आफूले आर्जन गरेको ज्ञान, सिप र अनुभवलाई एनआरएनएमार्फत बृहद् बनाउन उम्मेदवारी घोषणा गरेको उनले बताए ।

मध्यपुर्वको पहिलो एवं गरिमामय इतिहास बोकेको गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको सन् २०१९-२०२१ र सन् २०२१-२०२३ लगातार दुई कार्यकाल प्रवक्तामा रहि काम गरेको उनले बताए ।

झन्डै डेढ दशकको पत्रकारितको अनुभव एवं कतारमा स्थापित विभिन्न सामाजिक संघसंस्थामा नेतृत्व तहमा रहेर काम गर्दाको प्राप्त अनुभवको आधारमा सन् २०२३–२०२५ कार्यकालको लागि सचिव पदमा उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ ।

एनसीसी कतारको गरिमालाई बचाई राख्न कतारमा स्थापित संघ-संस्था संग समन्वय गर्दै नेतृत्वमा युवा सहभागिता, आर्थिक पारदर्शिता एवं श्रमिकको विश्वसनीय साथी बनाउने अभियानमा सक्रिय हुनको लागि आफूले सचिवको उम्मेदवारी दिएको बताए ।

उनका अनुसार एनआरएनएको तलदेखि माथिसम्म रहेका समस्या, शंका र निराशालाई चिर्दै विश्वासको उचाइसम्म संघलाई पुर्‍याउन आफ्नो उम्मेदवारी रहेको बताए । 

यसैगरी, एनआरएनए कतारको सचिवमा एकराज कटवालले पनि उम्मेदवारी दिने भएका छन् । हाल राष्ट्रिय समन्वय परिषद् कतारका सदस्य रहेका कटुवालले सन् २०२३–२०२५ कार्यकालको लागि भने सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् । 

कटवाल सन् २०१३ देखि कतारमा श्रमिकका रूपमा कार्यरत हुँदै नेपाली श्रमिकहरूको हकहितको कार्यमा सक्रिय हुँदै आएका छन् । संघको निर्वाचन २१ जुलाई तथा दशौँ महाधिवेशन २८ जुलाईमा हुँदैछ ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ७ : ५७ बजे

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको

जेसिके फाइट नाइट : चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित

काठमाडौं – नेपाली मिश्रित मार्सल आट्र्स (एमएमए) खेलाडी युकी आङदेम्बेले

सुनसरीको देवानगञ्जमा फेरि गोली चल्यो, दुई जना पक्राउ

विराटनगर – सुनसरीको देवानगन्ज गाउँपालिका–१ मा गोली प्रहारबाट एक युवक