सरकारले मिटरब्याजसम्बन्धी विधेयक अघि बढाउन नचाहेको सांसद पन्तको आरोप « Khabarhub

सरकारले मिटरब्याजसम्बन्धी विधेयक अघि बढाउन नचाहेको सांसद पन्तको आरोप


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका सांसद रघुजी पन्तले मिटरब्याजसम्बन्धी विधेयक सरकारले अघि बढाउन नचाहेको आरोप लगाएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा पन्तले एमालेका कारण विधेयक पास भएन भनेर भ्रम फेलाउँदै हिड्ने सरकारले सदन चल्दा पनि मिटरब्याजसम्बन्धी विधेयक अघि बढाउन नचाहेको आरोप लगाएका हुन् । उनले उक्त विधेयक रोकिनुको कारणबारे सरकारले जवाफ दिनुपर्ने माग गरे ।

त्यस्तै, सांसद पन्तले आफूले विधेयक नल्याउने तर दोष एमालेमाथि लगाउने कुरा उचित नभएको बताए ।

उनले संगीत नाट्य प्रतिष्ठानको भवनका लागि छुट्याएको १५ रोपनी जग्गा निजी क्षेत्रलाई भाडामा दिन तयार हुने तर संस्कृतिको जगेर्नाका लागि भने सरकारले कुनै काम गर्न नसकेको धारणा राखे । उनले आफू राजतन्त्रवादी नभएपनि गणतन्त्रवादीहरुले राम्रा काम राजाहरुबाट पनि सिक्न हुने तर्क गरे ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ६ : २२ बजे

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा