माधव नेपाल आज स्वदेश फर्किँदै « Khabarhub

माधव नेपाल आज स्वदेश फर्किँदै


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज स्वदेश फर्कँदै छन् ।

भदौ १ गतेसम्मका लागि विदेशका कार्यक्रममा सहभागी हुन गएका अध्यक्ष नेपाल भ्रमण छोट्याएर आज स्वदेश फर्कन लागेका हुन् ।

एक साता अघि स्विट्जरल्याण्ड लगायत युरोपमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुनका लागि गएका अध्यक्ष नेपाल ललिता निवास प्रकरणमा छानविनको दायरामा परेपछि अचानक स्वदेश फर्कने निर्णयमा पुगेका हुन् । 

पूर्वनिर्धारित कार्यक्रम अनुसार साउन २२ गते युरोप गएपनि त्यसको एक दिन अघि सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री नेपाललगायत बाबुराम भट्टराईलाई पनि छानविन गर्ने बाटो खोलिदिएको थियो । 

सर्वोच्च अदालतले आदेश दिएको भोलिपल्ट विदेश गए पछि धेरैले ‘फरार’ भएको भन्दै आलोचना गरे पछि अध्यक्ष नेपालले त्यसको प्रतिवाद गर्दै आएका थिए ।

युरोपबाटै उनले आफू निर्दोष भएको जनाउँदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई अनुसन्धानमा सहयोग गर्ने जनाउँदै आएका छन् । गत साउन २१ गते अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरूमाथि अनुसन्धान गर्न आदेश जारी गरेको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  १० : ०७ बजे

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा