मेडिकल काउन्सिल र सीआईबीका अनुसन्धानकर्तामाथि कारबाही गर्न चिकित्सक संघको माग « Khabarhub

मेडिकल काउन्सिल र सीआईबीका अनुसन्धानकर्तामाथि कारबाही गर्न चिकित्सक संघको माग


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चिकित्सक संघले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले डा. रञ्जितकुमार यादवलाई पक्राउ गरी मानसिक तनाव सिर्जना गरेको विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै संघले आफ्नो आजीवन सदस्य डा. यादवलाई पक्राउ गरि मानमर्दन गर्दै मानव अधिकारको हनन गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सीआईबीले चिकित्सक विरुद्ध चलाएको अपरेसन फोक्सट्रोटमा साउन २५ गते डा. यादवलाई पक्राउ गरिएको थियो। नेपाल मेडिकल काउन्सिलले सीआईबीलाई दिएको विवरण अनुसार उनलाई नक्कली भनी पक्राउ गरिएको थियो।

सीआईबीले एसएलसी र ‘प्लस टू’ का मार्कसिट कीर्ते गरेर नम्बर थपघट गरी एमबीबीएस अध्ययन गरेका नक्कली डाक्टरहरूमाथि अपरेसन चलाउने क्रममा सक्कली डा. यादव पक्राउ गरेका थिए। तर, डा. यादव सक्कली डाक्टर भएको पाइएपछि उनलाई आइतबार राती रिहा गरिएको छ।

यस्तै, संघले नेपाल मेडिकल काउन्सिल जस्तो नियमनकारी निकायबाट चिकित्सकहरूको गलत विवरण सीआईबीलाई उपलब्ध गराउनु तथा कुनै पनि सरोकार नभएका चिकित्सकलाई नक्कली भनी प्रक्राउ गरेर समाजमा त्रासको वातावरणको सिर्जना गर्ने, बिरामी र चिकित्सकबीचकाे सम्बन्धमा कमी ल्याउने, मानवीय भावनामा गम्भीर चोट पुर्‍याउने तथा चिकित्सकीय सेवालाई नै दुषित तुल्याउने कार्यको जति निन्दा गरेपनि कमै हुने विज्ञप्तिमा उल्लेख गरेको छ ।

संघले त्रुटिपूर्ण अनुसन्धान प्रक्रियाको विश्वसनीयतामा समेत गम्भीर प्रश्न चिन्ह खडा भएको भन्दै नेपाल मेडिकल काउन्सिलका पदाधिकारी र सीआईबीका अनुसन्धानकर्तामाथि अविलम्ब छानबिन गरी कानूनी कारवाही गर्न समेत माग गरेको छ।

संघले यस घटनालाई गम्भीर रुपमा लिई कानूनी कारवाही अगाडि नबढाइएको अवस्थामा नेपाल चिकित्सक संघ यथाशीघ्र कडा कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  १२ : ३३ बजे

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको

भोटेकोशी बाढीः छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौँ – नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७

भारतीय विदेशमन्त्री जयशङ्करसँग आज भेटवार्ता गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ – भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम

युरोपा लिगमा बर्नमथको शानदार सुरुवात: रियल सोसिडाड २-१ ले पराजित

काठमाडौँ – वित्तीय संकटका कारण कुनै समय लिगबाटै पछि पर्ने

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि