दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित, ललिता निवास प्रकरण स् पूर्वमुख्यसचिव पौडेलसँग सीआईबीले लियो बयान, उपराष्ट्रपति यादव चीन प्रस्थान, भ्रष्टाचारमा मेरो नाम आए मलाई पनि हतकडी लगाए हुन्छ : प्रधानमन्त्री प्रचण्ड, सुन तस्करीको छानबिन सीआईबीबाटै गर्नुपर्ने कांग्रेसको निष्कर्ष, बरामद सुनको तौल ६० किलो ७८९ ग्रामलगायतका समाचारले प्रमुख स्थान पाए ।

ललिता निवास प्रकरण : पूर्वमुख्यसचिव पौडेलसँग सीआईबीले लियो बयान

बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्व मुख्यसचिव लीलामणि पौडेलसँग बयान लिएको छ। सीआईबीले आइतबार करिब ४ घण्टा लगाएर पौडेलसँग बयान लिएको हो।

एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

सुन तस्करीका बारेमा छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै एमालेका सांसदहरुले उठेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले भदौ ३ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

भ्रष्टाचारमा मेरो नाम आए मलाई पनि हतकडी लगाए हुन्छ : प्रधानमन्त्री प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार प्रकरणमा आफ्नो नाम आए आफूलाई पनि हतकडी लगाएर थुन्दा हुने बताएका छन्।

सोमबार पार्टीको बागमती प्रदेश समितिको पाँचौ पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सुन तस्करीको छानबिन सीआईबीबाटै गर्नुपर्ने कांग्रेसको निष्कर्ष

प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसले सुन तस्करी प्रकरणको छानबिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

प्रमुख प्रतिपक्षी एमालेसहितका केही दलले सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरिरहेका बेला तीन दिन बसेको कांग्रेस संसदीय दलको बैठकले भने सीआईबीबाट अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

एमाले प्रदेश अधिवेशन १६ भदौबाट हुने

एमालेको प्रदेश अधिवेशन १६ भदौबाट हुने भएको छ ।

सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले १६ भदौबाट गर्ने निर्णय गरेको हो ।

गृह प्रशासनलाई व्यवस्थित र प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह प्रशासनलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन निर्देशन दिएका छन् ।

मन्त्रालयमा आज आयोजित वार्षिक समीक्षा कार्यक्रममा उनले गृह प्रशासनलाई सुधार र परिणाममुखी बनाउनुपर्ने बताए। सेवा प्रवाहमा सुधार ल्याउन विभिन्न कार्यदल गठन गर्ने तयारीमा मन्त्रालय जुटेको उनको भनाइ छ ।

उपराष्ट्रपति यादव चीन प्रस्थान

उपराष्ट्रपति रामसहायप्रसाद यादव जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका छन्

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ठ कक्षमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री एवं रक्षामन्त्री, परराष्ट्रमन्त्री, सुरक्षा निकायका प्रमुख, नेपालका लागि चिनियाँ राजदूत, उच्च सरकारी अधिकारीलगायतले बिदाइ गरे ।

सुशासन, सामाजिक न्याय र समृद्धि महत्वपूर्ण: प्रधानमन्त्री

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारभन्दा सुशासन, सामाजिक न्याय र समृद्धि बढी महत्वपूर्ण भएको बताएका छन् ।

पार्टीको बागमती प्रदेश समितिको पाँचौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सुशासनका सन्दर्भमा कुनै पनि सम्झौता नहुने स्पष्ट पारे। उनले भने, ‘सुशासन, सामाजिक न्याय र समृद्धिको नारालाई एउटा संकल्पका रुपमा लिएका छौँ । यसरी काम गर्दा जहाँ बेथिती देखिन्छ, जो कोही पनि नछुटोस् भन्नेमा छौँ ।’

सदन ‘हाइज्याक’ भयो : सांसद लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले संसद् ‘हाइज्याक’ भएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा रास्वपाले सभामुख देवराज घिमिरेले बोल्नका लागि समय नदिएपछि सदन हाइज्याक भएको आरोप लगाएको हो ।

काम रोकिएका आयोजनाको ठेक्का तोडिने : अर्थमन्त्री

अर्थमन्त्री डा प्रकाशशरण महतले काम रोकिएका आयोजनाको ठेक्का सम्झौता तोडिने बताएका छन्। आज अर्थ मन्त्रालयमा आन्दोलनरत निर्माण व्यवसायीसँग भएको छलफलमा अर्थमन्त्री डा महतले हालसम्म भएको कामबाट सिर्जित दायित्वको भुक्तानी दिने तर काम अघि बढ्न नसक्ने देखिएमा त्यस्ता आयोजनाको ठेक्का तोड्ने स्पष्ट पारेका छन् ।

उनले निर्माण व्यवसायीका जायज समस्या समाधान हुने समेत बताए।

ललिता निवास प्रकरणमा मैले केही बिराएको छैन : अध्यक्ष नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।

आज युरोप भ्रमणबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले सो जग्गा प्रकरणमा आफ्नो संलग्नता नभएको स्पष्ट पारेका हुन् ।

जनताका कामलाई पहिलो प्राथमिकता दिन्छु : मन्त्री अनितादेवी
नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवीले जनतालाई केन्द्रमा राखेर प्रभावकारीरुपमा सेवा प्रवाह गर्ने बताएकी छन् ।

सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आज पदभार ग्रहण गर्दै उनले सहज र छरितो ढंगले जनतालाई सेवा दिनु नै आफ्नो पहिलो प्राथमिकता भएको उल्लेख गरिन् ।

बरामद सुनको तौल ६० किलो ७८९ ग्राम
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिरबाट बरामद सुनको तौल करीब ६० किलो मात्र रहेको राष्ट्र बैंकले जनाएको छ।

गत असार २९ गते सिनामंगलमा फेलापरेको सुनको परिमाण ६० केजी ७७९ ग्राम रहेको पाइएको हो।

स्वास्थ्यमन्त्री बस्नेत र युएनका आवासीय संयोजकबीच भेटवार्ता

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि संयुक्त राष्ट्रसङ्घ (युएन) का आवासीय संयोजक हाना सिङ्गर–हाम्डीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

स्वास्थ्य मन्त्रालयमा भएको भेटघाटका क्रममा नेपालको स्वास्थ्य क्षेत्रमा सरकार र युएनअन्तर्गतका निकायबीच समन्वय र सहकार्य गर्ने विषयमा छलफल भएको छ ।

एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा

एसिया कप क्रिकेटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ ।

आसन्न एसिया कप क्रिकेटका लागि १७ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको हो ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ९ : ०० बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार