एकीकृत समाजवादीद्वारा कार्यविभाजनमा हेरफेर « Khabarhub

एकीकृत समाजवादीद्वारा कार्यविभाजनमा हेरफेर


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)ले आफ्ना पार्टीका नेताहरूको कार्यविभाजनमा हेरफेर गरेको छ । केन्द्रीय सचिवालयको ६६औँ बैठकले केन्द्रीय कमिटीको कार्यविभाजनमा केही हेरफेर गरेको पार्टीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए ।

उनका अनुसार पार्टी अध्यक्ष माधवकुमार नेपालले हालै जारी गरेको अन्तरपार्टी निर्देशनमा गरिएको पछिल्लो कार्यविभाजनअनुसार अध्यक्ष नेपालले समग्र पार्टी कामको नेतृत्व गर्नेछन् । महासचिव घनश्याम भुसालले समग्र सांगठनिक कामका साथै मोर्चा संगठनका कामको विशेष अनुगमन गर्नेछन् ।

त्यस्तै, नेता झलनाथ खनाल विदेश विभाग प्रमुखका रुपमा रहनुहुनेछ भने उपप्रमुखमा उपाध्यक्ष प्रमेश हमालले जिम्मेवारी पाएको पार्टी कार्यालयले जनाएको छ । पार्टीको प्रतिष्ठानहरूअन्तर्गत इन्चार्जको जिम्मेवारी प्रदीप नेपालले पाएको उपाध्यक्ष हमालले बताए।

पूर्वमन्त्री पराजुलीलाई सचिवमा मनोनित

एकीकृत समाजवादीले पूर्वमन्त्री हरि पराजुलीलाई सचिवमा मनोनित गरेको छ । हालै सम्पन्न पार्टीको केन्द्रीय सचिवालयको बैठकले पराजुलीलाई सचिवमा मनोनित गरेको पार्टीका उपाध्यक्ष हमालले जानकारी दिए। 

उनका अनुसार पराजुली वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान हुँदै नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका थिए। बैठकले २१ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । यही भदौ ५ देखि ७ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयानुसार उनीहरूलाई केन्द्रीय सदस्य मनोनित गरिएको हमालको भनाइ थियो ।

केन्द्रीय सदस्यमा अजबहादुर मल्ल, ओमचरण अमात्य, गौतम राई, सुदेश पराजुली, गोविन्द चेपाङ, चन्द्रा श्रेष्ठ, चिरञ्जीवी भट्टराई, जयप्रकाश यादव, दीपक केसी, धनबहादुर कार्की, धर्म शाही, नन्द बञ्जाडे, बरुनाथ योगी, बैकुण्ठ भुसाल, भक्तिमान सुब्बा, मीना लामा, रामप्रसाद ढुङ्गाना, लंक हमाल, शालिकराम भट्टराई, शिवकुमारी खनाल र शैलेन्द्र उपाध्याय मनोनित भएका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  ६ : ५९ बजे

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय : इटहरीमा असोज १४ देखि २० गतेसम्म

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले सुनसरीको इटहरीमा असोज १४ गतेदेखि

प्रदीप ज्ञवालीको निष्कर्ष : निर्वाचनपछि एमालेमा ध्रुवीकरण बढ्यो, तलैसम्म विभाजनको अवस्था ल्यायो

काठमाडौं – नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले पार्टी,

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

काठमाडौं– प्रतिनिधिसभाका सभामुख सभामुख डोलप्रसाद (डिपी) अर्यालको सभापतित्वमा प्रतिनिधिसभाको कार्यव्यवस्था

बंगालको खाडीमा बन्दै शक्तिशाली मौसमी प्रणाली, आज राति आन्ध्र-ओडिशा तटमा पुग्ने

नयाँदिल्ली- बंगालको खाडीमा बनेको ‘डीप डिप्रेसन’ पछिल्लो ६ घण्टामा प्रतिघण्टा

प्राधिकरणमा पदभार ग्रहण गर्दै दीर्घायुको पहिलो बचन : बिजुली कटौती हुन दिँदैनौँ

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले