दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा चिकित्सक कुट्नेलाई कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता, राष्ट्रिय सम्मानका साथ नेम्वाङको पशुपतिमा अन्त्येष्टि, प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा, ‘डा. ढाकाकुमार श्रेष्ठले रास्वपाका नेताहरुमाथि लगाएको आरोपबारे अनुसन्धान सुरु’, चिकित्सक कुट्नेलाई कारवाही गर्न सरकारलाई चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम, एकीकृत समाजवादीद्वारा कार्यविभाजनमा हेरफेर, नेम्वाङको निधनमा राष्ट्रिय सभाबाट शोक प्रस्ताव पारितलगायतका समाचारले प्रमुख स्थान पाए ।

राष्ट्रिय सम्मानका साथ नेम्वाङको पशुपतिमा अन्त्येष्टि, प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा
तत्कालीन संविधानसभाका अध्यक्ष एवं एमाले नेता सुवासचन्द्र नेम्वाङको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

उनको मुन्धुम र हिन्दु संस्कृति अनुसार दाहसंस्कार गरिएको छ । नेम्वाङलाई उनका दुई छोराले दागबत्ती दिए ।

चिकित्सक कुट्नेलाई कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिकित्सकमाथि कुटपिट गर्नेलाई कानूनी कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

बुधबार मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालका चिकित्सकहरू डा। विकास थापा र डा। प्रशान्त बिडारीमाथि सामूहिक कुटपिट भएपछि बिहीबार नेपाल चिकित्सक संघका प्रतिनिधिहरूले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।

सीमा व्यवस्थापन गर्न सरकारका नाममा सर्वोच्चको आदेश
सर्वोच्च अदालतले सन्धि सम्झौता र ऐतिहासिक दस्तावेजका आधारमा भविष्यमा नबल्झिने गरी नेपालको सीमालाई व्यवस्थित बनाउन सरकारका नाम आदेश जारी गरेको छ ।

जसपाको थरुहट राष्ट्रिय समिति गठन

जनता समाजवादी पार्टी (जसपा) नेपालको थरुहट राष्ट्रिय समिति (सुदूरपश्चिम प्रदेश) गठन गरिएको छ ।

प्रदेशस्तरीय विस्तारित बैठकले जनक चौधरीको अध्यक्षतामा थरुहट राष्ट्रिय समिति (सुदूरपश्चिम प्रदेश) गठन गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

नेम्वाङको निधनले कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनमा क्षति
नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगले संविधानसभाका अध्यक्ष एवं पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनबाट नेपालको कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनमा ठूलो पीडा र क्षति पुगेको जनाएको छ ।

डा. ढाकाकुमार श्रेष्ठले रास्वपाका नेताहरुमाथि लगाएको आरोपबारे अनुसन्धान सुरु भइसक्यो : सचेतक परियार

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले डा. ढाकाकुमार श्रेष्ठले पार्टीका नेताहरुमाथि उठाएका विषयमा गम्भीर रुपमा अनुसन्धान सुरु गरेको बताएका छन् ।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सचेतक परियारले श्रेष्ठले पार्टीका नेताहरुमाथि लगाएको आरोपबारे गम्भीर रुपमा अनुसन्धान भएको भन्दै सत्यतथ्य प्रमाणित भए कारवाही हुने बताए ।

चिकित्सक कुट्नेलाई कारवाही गर्न सरकारलाई चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम
नेपाल चिकित्सक संघले संघका आजीवन सदस्यद्वय डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि सन्चो अस्पताल हेटौँडामा बिरामीहरुको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेम्वाङको निधनमा प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित
प्रतिनिधिसभाले संविधानसभा अध्यक्ष, प्रतिनिधिसभा सदस्य तथा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

बिहीबार बसेको बैठकले सर्वसम्मत रुपमा शोक प्रस्ताव पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए । नेम्वाङको निधनको शोकमा प्रतिनिधिसभामा एक मिनेट मौनधारण गरिएको थियो ।

एकीकृत समाजवादीद्वारा कार्यविभाजनमा हेरफेर

नेकपा (एकीकृत समाजवादी)ले आफ्ना पार्टीका नेताहरूको कार्यविभाजनमा हेरफेर गरेको छ ।

केन्द्रीय सचिवालयको ६६औँ बैठकले केन्द्रीय कमिटीको कार्यविभाजनमा केही हेरफेर गरेको पार्टीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए ।

गोदावरी क्षेत्र पर्यावरणका हिसाबले देशकै नमूना : मन्त्री किराती
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ललितपुरको गोदावरी क्षेत्र पर्यावरणका हिसाबले देशकै नमूना भएको बताएका छन् ।

गोदावरी नगरपालिका(३ कार्यालयले आज यहाँ आयोजना गरेको बृहत् सरसफाइ कार्यक्रममा सहभागी हुँदै उनले विश्वमा नपाइने जडीबुटी तथा वनस्पति पाइने भएकाले सबैलाई यहाँ घुम्न र अवलोकन गर्न आग्रह गरे ।

नेम्वाङको निधनमा राष्ट्रिय सभाबाट शोक प्रस्ताव पारित

राष्ट्रिय सभाले संविधानसभा अध्यक्ष तथा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

बिहीबार बसेको बैठकले सर्वसम्मत रुपमा शोक प्रस्ताव पारित गरेको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । नेम्वाङको निधनको शोकमा राष्ट्रियसभामा एक मिनेट मौनधारण गरिएको थियो ।

नेम्वाङको निधनले देश र पार्टीमा ठूलो क्षति पुगेको छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ सफल राजनेताको रुपमा रहेको भन्दै उनको निधनले देश र पार्टीमा ठूलो क्षति पुगेको बताएका छन् ।

कुशे औँशी : गोकर्णमा साढे तीन लाख बढी भक्तजन

भाद्र कृष्ण औँशीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज पिताप्रति आदरभाव प्रकट गरी मिष्ठान्न खान र राम्रा कपडा दिएर मनाइएको छ ।

पर्वमा छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्दै बाबुको मुख हेरेका छन् ।

निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको प्रगति ४३ प्रतिशत

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको समग्र प्रगति ४३ प्रतिशत पुगेको छ । निर्माण सुरु भएको चार वर्षमा आयोजनाले तीन वटा प्याकेजमा ४३ प्रतिशत प्रगति हासिल गरेको हो ।

हेटौँडा सिमेन्ट उद्योगको उपकरण बिग्रँदा उत्पादन बन्द
हेटौँडा सिमेन्ट उद्योगको कोलमिलको उपकरण बिग्रिँदा सिमेन्टको उत्पादन आज बिहानदेखि बन्द भएको छ ।

उद्योगको आगो बाल्ने भट्टीमा जडान गरिएको कोलमिलको उपकरण बिग्रिँदा सिमेन्ट उत्पादन गर्ने क्लिंकरको उत्पादन अवरुद्ध भएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  ८ : ५९ बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने