अक्सिजन प्लान्ट हस्तान्तरण « Khabarhub

अक्सिजन प्लान्ट हस्तान्तरण


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आर्थिक सहयोगमा निर्मित अक्सिजन प्लान्ट भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको छ । अस्पतालको पूर्वाधारमा ५० एमएम क्युब क्षमताको अक्सिजन प्लान्ट जडान गरिएको हो ।

एनआरएनएले अस्पताललाई स्वामित्व हस्तान्तरणसहित प्लान्टको उद्घाटन गरेको छ । एनआरएनएका महासचिव डा केशव पौडेलले भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेललाई अक्सिजन प्लान्टको स्वामित्व हस्तान्तरण गरे। प्लान्ट छ महिनाअघिदेखि सञ्चालनमा आएको भए पनि हस्तान्तरण भने अहिले गरिएको हो ।

अस्पतालमा निर्माण गरिएको प्लान्टको लागत रू ९४ लाख रहेको भरतपुर अस्पतालका प्रवक्ता डा गोविन्द कँडेलले जानकारी दिए । अक्सिजनमा परनिर्भर अस्पताल प्लान्ट सञ्चालनमा आएसँगै आत्मनिर्भर बनेको मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा पौडेलले जानकारी दिए । कोरोनाले अक्सिजनको महत्व सिकाएको बताउँदै उनले हाल अस्पतालमा दैनिक दुई सय ५० सिलिन्डर उत्पादन गर्ने क्षमताका प्लान्ट स्थापना गरिएको जानकारी दिए ।

कोभिडको समयमा अक्सिजनको अभावलाई मध्यनजर गर्दै दीर्घकालीन समाधानका लागि बिरामीको चाप रहेको भरतपुर अस्पतालमा प्लान्ट स्थापना गरिएको एनआरएनएका महासचिव पौडेलले बताए । एनआरएनएले सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने योजनाअनुरूप बागमती प्रदेशमा केन्द्रीय अस्पतालका रुपमा रहेको भरतपुर अस्पताललाई छनोट गरेको उनको भनाइ थियो ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले गैरआवासीय नेपाली सङ्घले अस्पतालप्रति देखाएको चिन्ता र सद्भावका लागि आभार व्यक्त गरे। ‘अस्पतालमा हाल दैनिक प्लान्टबाट एक सय ७५ सिलिन्डर अक्सिजन उत्पादन भइराखेको छ’, उनले भने , ‘यसअघि ५० देखि ७० सिलिन्डर बाहिरबाट किनेर ल्याउनुपर्ने बाध्यता रहे पनि प्लान्ट सञ्चालनमा आएसँगै परनिर्भरता अन्त्य भएको छ ।’

अक्सिजन आफैँ उत्पादन गर्न थालेपछि दैनिक रू ६१ हजार बचत भएको अस्पतालले जनाएको छ । अहिले नयाँ प्लान्ट मात्र सञ्चालन गरिएको छ । पुरानो प्लान्टबाट पनि उत्पादन गरेर अक्सिजन बिक्री गर्न सकिने अवस्थामा अस्पताल पुगेको छ । अस्पतालमा अब लिक्विडसहित तीन अक्सिजन प्लान्ट रहेका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ७ : २१ बजे

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद