दुर्गा भवानीले सबैमा सकारात्मक सोच्न सक्ने शक्ति प्रदान गरून् : डा. आरजु राणा देउवा | Khabarhub Khabarhub

दुर्गा भवानीले सबैमा सकारात्मक सोच्न सक्ने शक्ति प्रदान गरून् : डा. आरजु राणा देउवा


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले माता दुर्गा भवानीले सबैमा सकारात्मक सोच्ने शक्ति प्रदान गरुन् भन्ने कामना गरेकी छन् ।

नेपाली कांग्रेस अछाम–काठमाडौं सम्पर्क समितिले दसैं, दिपावली तथा छठ पर्वको अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि रहेकी नेतृ देउवाले अरुको बारेमा नकरात्मक सोचेर अमूल्य जीवन खेर नफाल्न आग्रह गरेकी हुन् । उनले शक्तिरुपा माता दुर्गा भवानीले सबैमा सकरात्मक सोच्न सक्ने शक्ति प्रदान गरुन् भन्दै शुभकामना व्यक्त गरिन् ।

‘सबैले सकरात्मक सोचौं । जे सोच्यो त्यस्तै बन्ने भएकाले सकरात्मक सोचौं । नकरात्मक सोचेर समय खेर नफालौं । माता दुर्गा भवानीले सबैमा सकरात्मक सोचको बिकास गर्ने शक्ति प्रदान गरून्’ देउवाले भनिन् । उनले सबै नेता कार्यकर्ताले पार्टी एकजुट बनाउन लाग्नुपर्ने बताइन् ।

पार्टीमा आन्तरिक मनमुटाव हुन सक्ने भन्दै देउवाले त्यसको असर पार्टीको संगठनमा पर्न दिन नहुनेमा सबै सचेत बन्नुपर्ने बताइन् । साथै उनले अवसरका लागि हतार गर्न जरुरी नभएको भन्दै संगठन बलियो बनाउन लागेमा अवश्य एक दिन अवसर पाइने बताइन् ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ८ : ३३ बजे

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला