दुर्गा भवानीले सबैमा सकारात्मक सोच्न सक्ने शक्ति प्रदान गरून् : डा. आरजु राणा देउवा « Khabarhub

दुर्गा भवानीले सबैमा सकारात्मक सोच्न सक्ने शक्ति प्रदान गरून् : डा. आरजु राणा देउवा


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले माता दुर्गा भवानीले सबैमा सकारात्मक सोच्ने शक्ति प्रदान गरुन् भन्ने कामना गरेकी छन् ।

नेपाली कांग्रेस अछाम–काठमाडौं सम्पर्क समितिले दसैं, दिपावली तथा छठ पर्वको अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि रहेकी नेतृ देउवाले अरुको बारेमा नकरात्मक सोचेर अमूल्य जीवन खेर नफाल्न आग्रह गरेकी हुन् । उनले शक्तिरुपा माता दुर्गा भवानीले सबैमा सकरात्मक सोच्न सक्ने शक्ति प्रदान गरुन् भन्दै शुभकामना व्यक्त गरिन् ।

‘सबैले सकरात्मक सोचौं । जे सोच्यो त्यस्तै बन्ने भएकाले सकरात्मक सोचौं । नकरात्मक सोचेर समय खेर नफालौं । माता दुर्गा भवानीले सबैमा सकरात्मक सोचको बिकास गर्ने शक्ति प्रदान गरून्’ देउवाले भनिन् । उनले सबै नेता कार्यकर्ताले पार्टी एकजुट बनाउन लाग्नुपर्ने बताइन् ।

पार्टीमा आन्तरिक मनमुटाव हुन सक्ने भन्दै देउवाले त्यसको असर पार्टीको संगठनमा पर्न दिन नहुनेमा सबै सचेत बन्नुपर्ने बताइन् । साथै उनले अवसरका लागि हतार गर्न जरुरी नभएको भन्दै संगठन बलियो बनाउन लागेमा अवश्य एक दिन अवसर पाइने बताइन् ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ८ : ३३ बजे

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल

अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत

सान फ्रान्सिस्को – भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सङ्घीय बालबालिकाको गोपनीयतासम्बन्धी