मन्त्री किरातीद्वारा चेपाङ समुदायलाई न्यानो कपडा वितरण | Khabarhub Khabarhub

मन्त्री किरातीद्वारा चेपाङ समुदायलाई न्यानो कपडा वितरण


२८ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

भरतपुर– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती चेपाङ समुदायलाई न्यानो कपडा (ब्ल्याङकेट) वितरण गरेका छन् । इच्छाकामना गाउँपालिका १ सप्रेनीका १६ चेपाङ परिवारलाई उहाँले दुई-दुई  ब्ल्याङकेट वितरण गरेका हुन् ।

सोमबार आयोजित कार्यक्रममा उनले आफ्नो पुस्तकको बिक्रीबाट उठेको रकमबाट चेपाङ समुदायलाई सहयोग गरेको जानकारी दिँदै चेपाङ जातीको भाषा र संस्कृति जोगाउन आवश्यक छ भने ।  ‘चेपाङ समुदाय मागेर खाने समुदाय मात्र होइन’,उनले भने, ‘चेपाङ संस्कृति पर्यटन र आयआर्जनसंग जोडेर देशलाई समृद्धि बनाउने समुदाय पनि हो ।’ सरकारले अल्पसंख्यक, सीमान्तकृत जनजातिको भाषा, संस्कृति संरक्षणका लागि विषेश प्राथमिकता दिने उनको भनाइ थियो  ।

मन्त्री किरातीले चेपाङ संस्कृति जोगाउन अतुलनीय योगदान पुर्‍याएबापत भोटे हादुर चेपाङ र बाबरी चेपाङलाई नगद पाँच-पाँच हजार सहित सम्मान गर्नुभयो । सो अवसरमा भोटेबहादुर चेपाङले ढ्याङग्रो बजाएर मन्त्री किरातीलाई आफ्नो संस्कृति देखाएका थिए । इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले चेपाङको अवस्था र इच्छाकामनामा पर्यटन सम्भावनाका बारेमा  जानकारी दिएका थिए । 

मन्त्री किरातीले इच्छाकामनाका चेपाङ समुदायलाई लक्षित गरेर पर्यटनका ‘प्याकेज’का कार्यक्रम ल्याउने जानकारी दिए। मन्त्री किरतीले चेपाङ समुदायसंग देउसीभैलो समेत खेले। 

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  ७ : ४१ बजे

लक्ष्मी पूजामा विद्युतको उच्च माग १६५० मेगावाट, भारततर्फ १०१५ मेगावाट निर्यात

काठमाडौं – यस वर्षको तिहारको लक्ष्मीपूजाका दिन देशभरको विद्युत् उच्च

तनहुँ दुलेगौडास्थित एक घरमा आगलागी

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन