लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीले सबैलाई जोड्ने काम गरेको छ : उपराष्ट्रपति « Khabarhub

लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीले सबैलाई जोड्ने काम गरेको छ : उपराष्ट्रपति


२८ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु–वेशभूषा आदिलाई संरक्षण गर्दै सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई परस्पर जोड्ने काम गरेको बताएका छन् ।

तिहार पर्व (शुभ दीपावली), २०८० का अवसरमा शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, ‘दीपावली हाम्रो सामाजिक, सांस्कृतिक र धार्मिक परम्परालाई अक्षुण राख्ने मौलिक संस्कृतिको महत्वपूर्ण पाटो हो, यस अवसरमा बालिने प्रकाशले हाम्रा सबै खराब आचरण, व्यवहार, विचारलाई त्याग्न उत्प्रेरित गर्नु पनि हो ।’ यसले आफूभित्रको अँधारो पक्षलाई तिलाञ्जली दिँदै व्यक्तिलाई स्वच्छ र नैतिकवान बन्ने सन्देश पनि दिने उनको विश्वास छ । अत्यन्तै हर्षोल्लासका साथ मनाइने दीपावली नेपालको दोस्रो ठूलो महान पर्व हो ।

प्रकाशमय यो पर्वको आध्यात्मिक सन्देश भनेको अन्धकारमाथि प्रकाश शक्ति र अज्ञानतामाथि ज्ञान शक्तिको विजयलाई दर्शाउनु हो । यो पर्वमा देवी लक्ष्मीको पूजाआराधना गरे धन, समृद्धि र सफलता प्राप्त हुने एवम् दरिद्रताको नाश हुने जनविश्वास रही आएको छ । यो पर्व अन्तर्गत धनतेरस, नरकचतुर्दशी, काग तिहार, कुकुर तिहार, लक्ष्मी पूजा, गाई पूजा, गोवद्र्धन पूजा, म्हः पूजा र भाइटीका (भातृ द्वितीया) पर्दछन् । यो पर्व मनाउने तयारी धेरै पहिलेदेखि घर, पसल र कार्यस्थल सफा सुग्घर गर्दै सुरु हुन्छ ।

धेरैले यो पर्वका अवसरमा आ–आफ्नो घरआंगन सजाउन रङ्गीचङगी फूल, रङ्गोली र झिलिमिली बत्तीको प्रयोग गर्छन् । कुकुर, काग, गाई, गोरुको पूजा गर्ने, लक्ष्मी पूजा गर्ने, देउसी भैलो खेल्ने, हुक्का लोली हुक्कापात्ती खेल्ने, हुर्राहुर्री खेल्ने र कुस्ती प्रतियोगिता गर्ने, दाजुभाइ– दिदीबहिनीबीचको सम्बन्धलाई बलियो बनाउन भाइटीका (भातृ द्वितीया) मनाउने, मिठाइ बाँड्ने, एकअर्कालाई शुभ दीपावलीको शुभकामना आदानप्रदान गर्ने परम्परा परापूर्वकालदेखि रहिआएको छ ।

उपराष्ट्रपति यादवले ‘विविधतामा एकता’ को सन्देश सञ्चार गर्ने चाडपर्वहरुको सारतत्व एवम् उद्देश्य समाज र देशमा सामाजिक एकता, धार्मिक सहिष्णुता, परस्पर विश्वास, सहयोग, मैत्रीभाव, भाइचारा, मेलमिलाप, आदर, सम्मान र सद्भाव कायम गर्नु रहेको बताएका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  २ : १८ बजे

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर

समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज कांग्रेसको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयवस्तुमा पार्टीको आधिकारिक धारणा

रियाल म्याड्रिडमा भिनिसियसको भविष्य अन्योलमा, मोरिन्होको नेतृत्वमा प्रि-सिजन तयारी तीव्र

म्याड्रिड – स्पेनिस फुटबल क्लब रियाल म्याड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा