सिङ्गो गाउँ नै लसुन खेतीमा « Khabarhub

सिङ्गो गाउँ नै लसुन खेतीमा


२८ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

रुकुम- वडालाई आर्थिक रुपमा समृद्ध बनाउन रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१० को सिङ्गो गाउँ नै लसुन खेतीमा लागिपरेको छ । २०७५ सालअघि वडाको झ्याङ टोलमा थोरै मात्रामा किसानले लसुन खेती गर्ने गरेका थिए तर त्यसपछि व्यावसायिक रुपमा झ्याङका १२ किसानले एकैपटक लसुन खेती गर्न थालेपछि भने हाल वडाको सिङ्गो गाउँ नै व्यावसायिक लसुन खेतीमा आकर्षित भएको छ ।

वडाका किसानलाई व्यावसायिक लसुन खेतीमा आर्कषण तथा आर्थिक रुपमा समृद्ध बनाउन वडाले २०७५ सालमा पहिलोपटक अनुदानमा ४१ क्विन्टल लसुन वितरण गरेको थियो । त्यसयता वडामा व्यावसायिक रुपमा किसालने लसुन खेती गर्न थालेको वडाध्यक्ष धनबहादुर खड्काले बताए ।

उनी भन्छन्, ‘‘२०७५ सालसम्म किसानलाई आफूले उत्पादन गरेका लसुनलगायत तरकारी र अन्य कृषि उपज डोकोमा बोकेर करिब पाँच घण्टा हिडेर सदरमुकाम मुसीकोट खलङ्गासम्म लगेर बेच्नु पर्ने बाध्यता थियो, २०७६ सालदेखि गाउँ सडक सञ्जालमा जोडिएपछि भने किसानले उत्पादन गरेको लसुनलगायत अन्य उत्पादित तरकारी गाडीमा राखेर बजारसम्म लैजान थालेका छन् ।’’

वडाले पहिलोपटक लसुनको बीउ १२ जनालाई वितरण गर्‍यो । त्यसमा झ्याङका नदीराम खड्काले ३० किलो बीउ पाए र घर अगाडिको गहुँ लगाउने बारीमा पूरै लसुन खेती गरे । पहिले मुस्किलले दुई हजार मूल्यबराबरको एक मुरी गहुँ उत्पादन हुन्थ्यो । उनले लसुन खेती गरेर त्यति नै जग्गामा रु ३५ हजार आम्दानी गर्न सफल भए । लसुनबाट राम्रो कमाइ हुने देखेपछि वडाका अरु किसानलाई पनि लसुन खेती गर्ने ऊर्जा थपियो । अहिले गाउँ नै लसुन खेतीमा आकर्षण भएको छ । सवैको बारीमा कमै भएपछि लसुन खेती देख्न सकिन्छ

वडाले कृषि क्षेत्रलाई पहिलो प्राथमिकता राखेर किसानलाई विभिन्न अनुदान कार्यक्रममार्फत बीउ वितरण गर्दै आएको छ । वडाको खड्का टोल, कामीबुढा टोल, नमुनावस्ती टोल, गलमपाटी टोल र भेरीखोला टोल गरेर गरिब दुई सय ४७ घरधरीलाई यो वर्षको लागि ४८ क्विन्टल अर्थात ४ हजार ८ सय किलो लसुनको बीउ अनुदानमा वितरण गरेको छ ।

सुरुमा खड्का टोल र कामीबुढा टोलको चौरमा कमै मात्रामा लसुन खेती गरिएको थियो । त्यतिबेला प्रतिकिलो ८५ रुपैयाँमाका दरले लसुन डोकोमा बोकेर पाँच घण्टा हिडेर बेच्न जानुपर्ने बाध्यता थियो । अहिले वडाबाटै लसुन बिक्री हुने र राम्रो आम्दानी हुने भएकाले किसानहरु लसुन खेतीतिर आकर्षित भएका हुन् । गत वर्षमात्रै पाँच सय क्विन्टल लसुन जिल्ला बाहिर बिक्री गरेर झण्डै रु पचास लाख रकम किसानले हात पारेका थिए ।

प्रत्येक किसानले एक पटकमा कम्तिमा पनि १३ सय क्विन्टल लसुन विक्री गर्ने गरेका छन् । उत्पादन गरेको लसुन प्रतिकिलो एक सयदेखि एक सय १० रुपैयाँमा गाउँबाटै बिक्री हुँदै आएको छ । हरेक सिजनमा किसानले लसुन बिक्री गरेर एक लाखदेखि डेढ लाखसम्म आम्दानी गर्ने गरेका छन् । झ्याङ टोलका २२ घरधुरीको बीच गाउँको सार्वजजिक ठाउँमा लसुनको प्रतिमा समेत निर्माण गरिएको छ ।

सबैभन्दा पहिला लसुन उत्पादन गर्ने टोल भएकाले झ्याङमा पछिसम्म इतिहास बचाइराख्नको लागि लसुन पार्क निर्माण गरिएको वडाध्यक्ष खड्काले बताए । वडामा लसुन खेतीको उत्पादन बढ्न थालेपछि लसुन खेतीलाई सिँचाइको समस्या नहोस् भनेर वडाले सिँचाइ कुलोलाई जोड दिएको छ । वडामा जतिसुकै लसुन उत्पादन भएपनि बजारको समस्या नरहेको व्यावसायिक रुपमा लसुन खेती गर्दै आएका झुपलाल खड्का बताउँछन् । गाउँमा उत्पादन भएको लसुन खरिद गर्न गाउँमै व्यापारी पुग्ने गरेका छन् ।

उनका अनुसार उत्पादन भएको लसुन बारीबाट निकाल्नु भन्दा १/२ महिना पहिलै बारीमा लसुन खेती हरेर पहिले नै किसानको घरघरमा व्यापारी पुगेर लसुनु पछि खरिद गर्ने गरी १० देखि २० हजारसम्म बैना समेत बुझाउने गरेका छन् । यस वडालाई लसुन पकेट क्षेत्रसमेत घोषणा गरिएको बताउँदै वडाध्यक्ष खड्का भन्छन्, ‘‘रासायनिक मल प्रयोग नगरेर अर्गानिक उत्पादन गर्ने र वडालाई अर्गानिक उत्पादनको रुपमा घोषणा गर्ने लक्ष्य लिएको छ ।’’

लसुन खेतीमा किसानलाई आकर्षण गर्न र व्यावसायिक बनाउन वडाले तालिम दिने योजना बनाएको छ । कर्णाली प्रदेश सरकारको मसलाबाली विकास ब्लक पकेट कार्यक्रमअन्तर्गत किसानलाई ५० प्रतिशत अनुदानमा ४८ क्विन्टल बीउ वितरण गरेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  ३ : ०५ बजे

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा