हवाइ क्षेत्रलाई कालोसूचीबाट हटाउने पहल गर्न प्रधानमन्त्रीलाई रास्वपाको ज्ञापनपत्र « Khabarhub

हवाइ क्षेत्रलाई कालोसूचीबाट हटाउने पहल गर्न प्रधानमन्त्रीलाई रास्वपाको ज्ञापनपत्र


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको छ ।

आज बिहान पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटार पुगेको प्रतिनिधिमण्डलले युरोपेली युनियनले नेपालको हवाइ क्षेत्रलाई कालोसूचीबाट नहटाएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरण गम्भीर हुनुपर्ने, नयाँ जहाज खरिद प्रकरण पारदर्शी हुनुपर्ने लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

प्रतिनिधिमण्डलसँगको कुराकानीमा प्रधानमन्त्रीले नेपालको हवाई सुरक्षालाई व्यवस्थित बनाएर युरोपेली युनियनको कालोसूचीबाट हटाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताए ।

ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री दाहालले नेपालको हवाइ क्षेत्रलाई कालोसूचीबाट हटाउन आफूले निरन्तर प्रयास गरिरहेको र थप सुधारमार्फत कालोसूचीबाट हटाउन विश्वासको वातावरण सिर्जना गरिने बताए।

प्रधानमन्त्रीले भने, ‘मैले युरोपेली युनियनका प्रतिनिधिहरूसँग पनि यस विषयमा कुराकानी गरेको छु। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरूसँग पनि पटकपटक छलफल गरेको छु। हवाइ सुरक्षा हाम्रा निम्ति एउटा चुनौतीको विषय बन्दै आएको छ, यसले अन्तर्राष्ट्रिय जगतमा पनि नेपालको छविमाथि प्रश्न उठ्न सक्छ। त्यसैले म गम्भीर छु ।’

 

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  १० : ३८ बजे

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत