तारेहोटलमा गाउँको सीप, बिक्रीमा ७० लाखको मूर्ति (तस्विरहरु)   « Khabarhub

तारेहोटलमा गाउँको सीप, बिक्रीमा ७० लाखको मूर्ति (तस्विरहरु)  


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हस्तकला भनेपछि हामी गाउँले परिवेश र सीपलाई सम्झिन्छौं । हातले बनाएका सामग्रीहरूको मुख्य स्रोत गाउँ भएता पनि शहर बजारमा यसको आकर्षण बढ्दै गएको छ ।

यही क्रममा बिहीबार दरबारमार्गको होटल अन्नपूर्णमा राष्ट्रपति रामचन्द्र पौडेलबाट २० औं हस्तकला व्यापार मेलाको उद्घाटन भएको छ ।

राष्ट्रपति पौडेलले मेलाको उद्घाटन गर्दै हस्तकला उद्योगबाट उत्पादित वस्तुको बजार विस्तार गर्न सरकारका सबै निकायलाई सुझाव दिए । उनले नेपालमा विदेशी मुद्रा आर्जन गर्ने प्रमुख क्षेत्र हस्तकला भएकाले सरकारबाट यसको प्रवर्द्धनका लागि उद्योग व्यवसायमैत्री  कानुन बनाउन आवश्यक रहेको समेत राष्ट्रपति पौडेलको भनाइ छ ।

विहीबारदेखि सुरु भएको मेलामा १ सय २० वटा स्टल रहेका छन् । यहाँ राखिएका सामानहरुमा काइँयो र ठेकीदेखि ७० लाख रुपैयाँ पर्ने मूर्तिसम्म छन् । हस्तकला महासङ्घका कार्यसमिति सदस्य दीपेन्द्र शाक्यका अनुसार मेला मंसिर २८ देखि पुस २ गतेसम्म चल्नेछ ।

तस्बिरहरू –दीपेश पौडेल-खबरहब

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  ३ : २९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार