तालिबानले विदेशबाट सञ्चालित अफगान सञ्चार माध्यममाथि कडाई गर्ने | Khabarhub Khabarhub

तालिबानले विदेशबाट सञ्चालित अफगान सञ्चार माध्यममाथि कडाई गर्ने


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आफ्नो समूहबारे दुष्प्रचार गरेको भन्दै अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले विदेशबाट सञ्चालित अफगान सञ्चार माध्यममाथि कडाई गर्ने भएको छ । तालिबानको सूचना तथा संस्कृति मन्त्रालयका निर्देशक अब्दुल हक हेमादले विदेशमा रही आफ्नो समूहविरुद्ध दुष्प्रचार गर्ने मिडियामाथि कारवाही गरिने जनाएका हुन् ।

‘यस्ता मिडियालाई के गर्ने भन्ने निर्णय गरिएको छ । यो विषय अदालतमा विचाराधीन रहेकाले छोटो समयमा नै यसबारे घोषणा हुनेछ ।’ हेमादलाई उद्धृत गर्दै अफगानिस्तान इन्टरनेशनल अनलाइनले उल्लेख गरेको छ ।

उनले अफगानिस्तानको कानूनअनुसार मुलुकको मिडियामा काम गर्ने व्यक्ति मुलुकभित्रै रहनुपर्ने व्यवस्था रहेकोमा समेत जोड दिए । ‘विदेशबाट मिडिया सञ्चालन गर्न र दुष्प्रचारलाई बढावा दिन कुनै कानूनले पनि दिँदैन ।’ उनले भने ।

उनका अनुसार अफगानिस्तानमा १६५ वटा रेडियो र ५५ वटा टेलिभिजन स्टेशन रहेका छन् । सन् २०२१ को अगस्ट महिनामा तालिबानले सत्ता कब्जा गरेयतामात्रै अफगानिस्तानमा २४ वटा नयाँ मिडिया स्थापना भएको समेत उनको दाबी छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ९ : ५२ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ