वार्ता निष्कर्षविहीन भएपछि नाट्टा कार्यालयको ताला फोडियो « Khabarhub

वार्ता निष्कर्षविहीन भएपछि नाट्टा कार्यालयको ताला फोडियो


१ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : पर्यटन गतिविधि नियमित सञ्चालन गर्नका लागि संयुक्त पर्यटन ट्रेड युनियन फोरमले लगाएको ताला फोडेर पर्यटन क्षेत्रको अग्रणी संस्था नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले आफ्नो कार्यालय सञ्चालन गरेको छ ।

ट्रेड युनियन फोमरले फागुन २६ गते दिउँसो वार्ता चलिरहेका बेला असन्तुष्ट रहँदै आफ्ना माग सम्बोधन गर्न भन्दै नक्सालमा रहेको नाट्टाको केन्द्रीय कार्यालयमा ताला लगाएको थियो । ताला लगाएपनि लगातार भइरहेका वार्ता निष्कर्षविहीन भएपछि नाट्टाका अध्यक्ष रमेश थापाको नेतृत्वमा पदाधिकारी, कार्यसमितिसहित प्रहरी र पत्रकारको रोहबरमा मंगलबार ताला फोडिएको हो ।

ताला फोडेर कार्यालय सञ्चालन गरेपछि नेपाल प्रहरीले सुरक्षा दिइरहेको छ । केही समयअघि मात्रै नेपालगञ्जमा फार्म ट्रीप र वेष्टर्न ट्राभल मार्ट गरेको नाट्टाले अर्को महिनामा बौद्ध इन्टरनेश्नल ट्राभल मार्ट (बीआईटीएम) कार्यक्रम गर्दैछ ।

पर्यटन क्षेत्रका महत्वपूर्ण कार्यक्रम गर्नका लागि समय अभाव भइरहेका बेला ट्रेड युनियन फोरमले वार्ता छाडेर ताला लगाएर असहयोग गरेपछि लगाएको ताला काटेर ढोका खोल्दै कार्यालय सञ्चालन गर्नुपरेको नाट्टाका केन्द्रीय अध्यक्ष रमेश थापाले बताए ।

‘कोभिड महामारीपछि ठप्प रहेको पर्यटन क्षेत्रलाई चलायमान गराउन हामीले अग्रणी नेतृत्व लिएर काम गरिरहेका छौँ । ट्रेड युनियनका माग सम्बोधन गर्न हामी प्रतिबद्ध रहेको अवस्थामा वार्ता चलिरहेका बेला ताला लगाएर काम ठप्प पारेपछि हामी ताला फोड्न बाध्य भएका हौँ’ अध्यक्ष थापाले भने, ‘उहाँहरुसँग भइरहेको वार्तालाई निरन्तरता दिएर हामी पर्यटन कार्यक्रमको तयारीका काम पनि गर्छौँ ।’

नाट्टाका अध्यक्ष थापाले आन्दोलनरत युनियनलाई वार्ताको टेबलमा बसेर समाधान खोज्नका लागि निरन्तर सहकार्य गर्न पनि आग्रह गरे । नाट्टाकी चिफ अपरेटिङ अफिसर श्रद्धा क्षेत्रीले बीआईटीएम गर्नका लागि तयारी तीव्र पार्नुपरेका बेला ताला लगाएर कार्यालय बन्द गरिदिँदा काम गर्न ठूलो समस्या परेको बताइन् ।

हरेक समस्याको समाधान वार्ताको टेबलबाट हुने भएपनि ताला लगाएर काम ठप्प पार्नु निन्दनीय भएको भन्दै उनले ताला फोडेर कार्यालय सञ्चालन हुँदा काम गर्न सहज भएको बताइन् । यसअघि भएका ट्रेड युनियन फोरमका पदाधिकारीसँग यसअघि भएका वार्ता निष्कर्षमा पुग्न नसकेपछि तालाबन्दीको अवस्था आएको थियो ।

तर अब फेरि वार्ता गरेर समस्याको समाधान खोजिने भन्दै नाट्टा केन्द्रीय अध्यक्ष थापाले वार्ताको माध्यमबाट समस्या समाधानमा नाट्टा प्रतिबद्ध भएको बताए ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  १२ : २६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्