विश्वमा नेपाली साहित्य कमजोर छैन « Khabarhub

विश्वमा नेपाली साहित्य कमजोर छैन


२ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

नेपाली साहित्यमा विशिष्ट व्यक्तिहरु चर्चाका लागि योग्य छन्। भाषा, साहित्य र सिर्जनामा बौद्धिक जगतले ठूलो योगदान गरेका छन्। प्रा.डा. रमेश भट्टराईले वर्गीय लैङ्गिक र जातीय अध्ययनमा विद्यावारिधि गरेका हुन्। भट्टराई विगत २८ वर्षदेखि प्राध्यापन पेसामा आबद्ध छन्। सिर्जनात्मक लेखन, शिक्षाको सिद्धान्त, साहित्य दर्शन आदिको लामो अध्ययन गरेका छन्। उनी साझा प्रकाशनको महाप्रबन्धक, गोरखापत्र संस्थानको अध्यक्ष जस्ता जिम्मेवारी पुरा गर्ने व्यक्ति हुन्। दलीय र जातीय अध्ययन शिक्षा क्षेत्र र साहित्यमा अन्य आधा दर्जन लघु अनुसन्धान कार्य सम्पन्न गरिसकेका छन्। साहित्यकार तथा समालोचक प्राध्यापक डा. रमेशप्रसाद भट्टराईसँग भगवती बस्नेतले गरेको कुराकानी सम्पादित अंश :

तपाईंको साहित्यिक यात्रा कसरी सुरुभयो ?
विद्यालय पढ्दादेखि नै साहित्यप्रति अभिरुचि राख्ने व्यक्ति हो। साहित्यप्रति लगाब भएकै कारण विद्यालय तह पढ्दादेखि नै जिल्लामा हुने कार्यक्रममा भाग लिने गरेको थिएँ। यसरी सहभागी भएका प्रतियोगितामा विजयी हुन्थेँ। म मुख्यतया निबन्ध र समालोचना लेख्ने काम गर्छु। कविताबाट नै साहित्यको सुरुवात गरेको हुँ। गुरुहरूको साथ र हौसलाका कारण सफल भएको जस्तो लाग्छ।

तपाईंको अध्ययन कहाँसम्म रहेको छ ?
वर्ग, जाति र लिङ्ग भन्ने कुरा एक अर्कोमा जोडिएको हुन्छ। त्यो वर्गीय, जातीय र लिङ्गको शीर्षकमा नै मैले विद्यावारिधि गरेको हुँ। त्यो बेला यो असाध्य नै नयाँ विषय थियो। अन्य पक्षबाट मलाई धेरै सहयोग गर्नुभएको छ। त्यसले गर्दा समाजमा एक राम्रो छाप छोड्न सफल भए जस्तो लाग्छ। अलिकति आफू मेहनत गर्नुपर्छ। त्यसमा अन्य पक्षको साथ दिन्छन्। शिक्षाकै कुरा गर्दा त्रिभुवन विश्वविद्यालयको प्राध्यापक र विद्यावारिधि हासिल गरेको व्यक्ति हुँ।

नेपाली समालोचनाका समस्या के–के देख्नु हुन्छ ?
समालोचना भनेको आफ्नो मौलिक स्वरुप हो। त्यो पूर्ण विकसित भइरहेको छैन। हाम्रो सन्दर्भबाट समालोचनालाई कसरी हेर्ने। सिर्जनाको सम्पन्नता कति प्रबल छन् भन्ने आधारमा समालोचनापछि प्रबल हुनेरहेछ। जुन गतिका साथ सिर्जना अगाडि बढ्नुपर्ने थियो समग्रमा त्यो सिर्जनाको धार छ। त्यो धार भुत्ते हुँदा समालोचनाको धार पनि भुत्ते हुन पुगेको छ। समालोचना भनेको कृतिको गहन अध्ययन हो। समालोचना पाठकपरक, व्यक्तिपरक, प्रभावपरक, गुटपरक, राजनीतिक आस्था परक पनि रहेको थियो। सधैं समालोचनामा हामी रमाएकै हुन्छौं। समालोचना छिपछिपेपन र रहरमा मात्र सीमित रहन्छ।

विश्व विद्यालयमा अनेक समस्या रहेका छन्। त्यसको समाधानका लागि कुनकुन निकायले कस्तो कस्तो कार्य गर्नुपर्छ ?
पठन पाठनको पद्धति विद्यार्थीको मनोभावनालाई बुझेर शिक्षण गर्ने तरिका छैन। सिकाई विशुद्ध ज्ञानपरक छ। घोक्ने शिक्षा भएको छ। बाहिर विस्तारित हुने विद्यार्थीलाई जुन अवसर हो त्यो हाम्रो शिक्षण सिकाइले अहिलेसम्म त्यो अवसर प्राप्त भएको छैन। विश्व विद्यालयमा विद्यार्थीलाई प्रश्न गर्ने क्षमतामा कमी भएको छ। जस कारण विद्यार्थीको भावना बुझ्न सक्नुपर्छ। त्यो भएको छैन। विश्व विद्यालयमा पार्टीको राजनीति गर्ने ठाउँ भएको अवस्थामा विश्व विद्यालय असहज रूपमा बिग्रेको अवस्था छ। अहिलेको पठनपाठन बजारसँग केन्द्रित रहेको छ। संसारमा मानविकी अहिले संकटमा रहेको छ। मानविकी अनिवार्य रहेको छ। अरू प्राविधिक शिक्षाले मानविकीलाई खाएको तथा हराएको छ।

विश्व साहित्यमा नेपाली साहित्यको पहिचान कस्तो पाउनु भएको छ ?
नेपाली साहित्य विश्व साहित्यको एउटा अंग हो। नेपाली साहित्य विश्व साहित्यसँग असाध्य नै कमजोर छ जस्तो लाग्दैन। हामी पर्याप्त मात्रामा हाम्रो साहित्यलाई बाहिर पुर्याउन सक्छौँ। तर हामीले सोचेजति अनुवाद गर्न सकेको अवस्था छैन। साहित्यले अन्तर्राष्ट्रिय स्वरुप ग्रहण गरेको छ। हाम्रो साहित्य विश्वको कुनै साहित्य भन्दा असहज ढंगबाट आएको छ। विश्व सामु चिनाउन अलि असहज भएको जस्तो लाग्छ। तर प्रयास गरेमा यो सम्भव छ। (एभिन्युजसँगको सहकार्यमा तयार कुराकानी)
प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ७ : ३३ बजे

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

फिशिङ लिंकयुक्त एसएमएसप्रति सतर्क रहन दूरसञ्चार प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अपरिचित तथा अनधिकृत नम्बरबाट आउने

चितवनबाट अपहरणमा परेका बालक काठमाडौंमा, पाँच भारतीय पक्राउ

काठमाडौं । चितवनबाट अपहरणमा परेका बालकको सकुशल उद्दार गरिएको छ

संसदीय समितिमा यातायातको चर्चा : चालक अभावदेखि भारतीय गाडीले पूर्वाधार बिगारेकोसम्म

काठमाडौं- प्रतिनिधि सभाका १० विषयगत समितिमध्ये मंगलबार पूर्वाधार विकास समितिको