यसरी हुँदैछ गाःहिटी पुनर्निर्माण (तस्बिरहरू) « Khabarhub

यसरी हुँदैछ गाःहिटी पुनर्निर्माण (तस्बिरहरू)


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले वडा नम्बर २६ मा अवस्थित गाःहिटीको पुनर्निर्माण गरिरहेको छ ।

महानगरको सम्पदा तथा पर्यटन विभाग अन्तर्गत पुनर्निर्माणको काम भइरहेको छ ।

ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको हिटीको अवस्था निकै जीर्ण भएकाले यसलाई पुरानै स्वरूपमा जगेर्ना गर्न उपभोक्ता समितिको नेतृत्वमा काम भइरहेको हो ।

ठमेल गाःहिटी परिवार उपभोक्ता समितिको संयोजनमा पुरातात्त्विक इँटाको प्रयोग गरी भुइँ निर्माण गरिनुका साथै काठको काम र रंगरोगन गरिँदैछ ।

परियोजनाको कुल सम्झौता रकम भ्याट र ओभरहेड बाहेक ७३ लाख ३३ हजार रहेको छ । २०७८ साल फागुन ६ गते सम्झौता भएकोमा २०८२ फागुन ६ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  १२ : १७ बजे

शिक्षक तथा कर्मचारीलाई पदीय आचरणविपरीत सामाजिक सञ्जाल नचलाउन निर्देशन

चितवन – शिक्षा विकास तथा समन्वय इकाई, चितवनले शिक्षक तथा

जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य गरौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायुजन्य विपद्

स्याङ्जामा फस्टाउँदै फूलखेती

वालिङ – पछिल्लो समय स्याङ्जामा व्यावसायिक फूलखेती गर्ने किसानको सङ्ख्या

ट्रम्पको टिप्पणीले अमेरिकी कूटनीतिक प्रतिबद्धताको खोक्रोपन उजागर गर्‍यो : इरान 

काठमाडौँ-  इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिले अमेरिकाको कूटनीतिक प्रतिबद्धताको

तिहारसम्म सयपत्री फूल जोगाउन किसानलाई सकस, बजारको पनि चिन्ता

झापा- तिहार नजिकिँदै गर्दा झापाका सयपत्री फूल उत्पादक किसानलाई फूल टिप्ने