मौरीपालनमा मोह « Khabarhub

मौरीपालनमा मोह


२ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

रामपुर – पाल्पा रामपुरका जयनारायण न्यौपानेको समय बुढ्यौलीमा पनि मौरीको हेरचाह र मह उत्पादनमा बित्ने गरेको छ।

रामपुर नगरपालिका-६ स्थित किसानटोलमा मौरी उद्योग सञ्चालन गर्दै आएका न्यौपाने पाल्पाकै नमूना र सफल मौरीपालन व्यवसायी हुन्। घर वरिपरिका फलफूलसहितको मौरीघारले भरिएको बगैँचामा दिनभर मौरीको रेखदेख, हेरचाहमै रमाउने न्यौपाने यस क्षेत्रकै मौरीपालन व्यवसायमा अब्बल कृषकका रुपमा चिनिन्छन्।

उनको घरमा अहिले मौरीगोलासहित चालिस घार छन्। आफ्नै करिब चार रोपनी क्षेत्रफलमा बगैँचासहितको मौरीपालन गरिरहेका छन्। आजभन्दा साढे दुई दशकअघिदेखि सुरु गरेको व्यवसाय अहिलेसम्म निरन्तर रुपमा अगाडि बढेको उनको भनाइ छ।

गोलासहितको मौरीघार नौ हजार, खालीघार पाँच हजारमा बिक्री भइरहेको छ। यहाँ उत्पादन भएको मह प्रतिकिलो एक हजार एक सयमा बिक्री हुने गरेको छ। एक वर्षमा करिब एक सय मौरीघार बिक्री भइरहेको छ। एक घारमा वर्षमा तीन पटक मह उत्पादन हुने गर्दछ। वार्षिक करिब डेढ क्वीन्टल मह उत्पादन हुने गरेको न्यौपानेको भनाइ छ।

एउटा घारमा एक वर्षमा १८ किलोसम्म मह उत्पादन लिएको उनको अनुभव छ। मौरीघार गोलासहित र मह बिक्री गरेर उनले एक वर्षमा छ लाखसम्म आम्दानी गर्दै आएका छन्।

उनले विसं २०५५ देखि व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका हुन्। घरमा परम्परागत १५-२० घारमा बाउबाजेले मौरीपालन गरेको देखेपछि व्यावसायिक रुपमा नै उनले आधुनिक घारबाट अगाडि बढ्ने सोच बनाएका हुन्। उनले भारतीय सेनाको जागिर बीचमै छाडेर गाउँ फर्केर मौरीपालनलाई व्यावसायिक रुपमा सुरु गरेका हुन्।

स्वास्थ्यका लागि मह अति नै राम्रो हुने भएकाले पछिल्लो समय बजारमा माग बढ्दो रहेका र मह निकालेपछि झट्ट बिक्री नभए पनि अन्य कृषि उपजझै बिग्रियो भन्नु नपर्ने उनको अनुभव छ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ७ : ५१ बजे

पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग छलफल सिडिसी

भक्तपुर– पाठ्यक्रम विकास केन्द्र (सिडीसी)ले विद्यालय शिक्षामा पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका

वर्षमानले मागे- गणेश नेपालीको आत्मदाहको घटनामा सरकारको धारणा 

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गणेश नेपालीको आत्मदाहको घटनामा सरकारको

सांसद महरले संसद्‌मै लगाए ‘यो सरकार मुर्दावाद’ को नारा

काठमाडौं– नेकपा एमालेका सांसद् ऐन महरले आत्मदाह प्रयासपछि उपचारका क्रममा

राष्ट्रियसभाको बैठक सुरु,यस्तो छ कार्यसूची

काठमाडौं– राष्ट्रियसभाको बैठक प्रारम्भ भएको छ । संसद् सचिवालयले जारी

बालेन यसअघि मेयर भएका कारण यो सहरमा गरिब बाँच्न नपाउने भए : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र