कुरिलो खेतीबाट मनग्य आम्दानी « Khabarhub

कुरिलो खेतीबाट मनग्य आम्दानी


२ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

मध्यविन्दु – नवलपरासी(बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगपालिका–३ ब्रमस्थानमा करिब डेड बिघा जमिनमा पदम मोक्तानले कुरिलो खेती गर्दै आएका छन्।

बिगत चार वर्षयता लोट्स कृषि तथा पशुफार्म दर्ता गरी अन्य तरकारी तथा फलफूल खेती गर्दै आएका मोक्तानले विगत दुई वर्षदेखि कुरिलो खेती गर्न थालेको बताए । अन्य खेतीमा भन्दा भौगोलिक वातावरण तथा माटोको हिसाबले पनि कुरिलो खेती उपयुक्त हुने देखेपछि यसतर्फ आकर्षित भएको मोक्तानले सुनाए ।

पछिल्लो समयमा नवलपुरलाई कुरिलो खेतीको केन्द्र बनाउने सोचसहित आफू त्यसतर्फ लागि परेको उनले जनाए । “कुरिलोको महत्व र फाइदा बुझेपछि पछिल्लो समयमा यसको माग काठमाडाँैलगायत शहरी क्षेत्रमा बढी रहेको छ”, उनले भने।

उनले आफूले जस्तै अरूलाई पनि खेती गर्न आग्रह गर्ने गरेका छन् । यस फार्मबाट नौ जनाले रोजगारी पाएका छन् । कम खर्चमा बढी आम्दानी हुने कुरिलो खेतीबाट थोरै नाफा लिँदै यसको बजारीकरणमा लागेको मोक्तानले बताए । भिन्न सोचका साथ यसको आयुर्वेदिक फाइदा र महत्व बुझाउँदै स्थानीय क्षेत्रमा नै बजारीकरण गर्दै अहिले अन्य मानिसलाई रोजगारी समेत दिन सफल भएको उनले बताए ।

सुरुमा थोरै जमिनमा कुरिलो रोप्नु भएका मोक्तानले अब क्षेत्र विस्तार गर्न लागेको बताए । “बिरुवा रोपेको चार पाँच महिनामा तयार हुने कुरिलो खेतीमा दिनदिनै टुसा पलाउने हुँदा यसबाट राम्रो आम्दानी हुन्छ”, उनले भने, “अहिले बारीबाट नै प्रतिकेजी रु चार सयका दरले बिक्री गर्दै आएको छु ।” कुरिलो तरकारीको रुपमा प्रयोग गरिन्छ । यसको स्वाद अन्य तरकारीको भन्दा मिठोसँगै फाइदा पनि उत्तिकै छ । कुरिलो खादा रोग प्रतिरोधात्मक क्षमता बढाउने हुँदा यसको माग बढ्दै गएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  १० : १२ बजे

बार्सिलोनासँग हारेसँगै रियल म्याड्रिडले प्रशिक्षक जाबीलाई हटायो

म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिडले प्रमुख प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त

बंगलादेशले भारतमै टी-२० विश्वकप खेल्नुपर्ने, आईसीसीले गर्‍यो नयाँ प्रस्ताव अस्वीकार

ढाका- अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले बंगलादेश क्रिकेट बोर्डले माग गरेको टी-२०

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष