चीनमा डढेलोका कारण करिब दुई हजार विस्थापित « Khabarhub

चीनमा डढेलोका कारण करिब दुई हजार विस्थापित


२ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कुनमिङ– दक्षिणपश्चिम चीनको युनान प्रान्तको जंगलमा डढेलो लागेपछि करिब दुई हजार बासिन्दालाई सुरक्षित स्थानमा सारिएको स्थानीय अग्निनियन्त्रकहरूले बताएका छन् । 

शनिबार मध्याह्नसम्म डढेलो नियन्त्रणमा आएको अधिकारीहरूले बताएका छन् । घटनामा कुनै हताहती वा मृत्यु भएको खबर प्राप्त भएको छैन ।

युसी शहरमा रहेको अग्नि नियन्त्रक मुख्यालयका अनुसार २८० वटा दमकल र तीनवटा हेलिकप्टरको सहायताले चार हजारभन्दा बढी मानिसले आगो निभाउने काम गरेका थिए । शनिबार मध्याह्नसम्ममा जियाङचुआन जिल्लामा लागेको आगो नियन्त्रणमा आइसकेको र होङटा जिल्लामा पनि आगो नियन्त्रणमा आइसकेको मुख्यालयले जनाएको छ ।

जियाङचुआन जिल्लाको एक बस्ती नजिकै मंगलबार लागेको डढेलो आसपासका क्षेत्रमा फैलिएको थियो । युनान मौसम विज्ञान सेवाले आगामी पाँच दिनमा सात शहर र प्रिफेक्चरमा तातो र सुख्खा मौसमको पूर्वानुमान गरिएकाले जङ्गलमा लागेको डढेलोका लागि यस वर्षको पहिलो खतराको संकेतको सूचना नागरिकलाई गरिएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ६ : ५२ बजे

एमालेका अधिकांश प्रदेश कमिटीको सुझाव : पार्टी बचाउन ओलीले नेतृत्व छाडेर संरक्षक बनून्

काठमाडौं- नेकपा एमालेका सातमध्ये ६ भूगोल प्रदेशले अध्यक्ष केपी शर्मा

जासुसीमा एआईको बढ्दो प्रयोग

सन फ्रान्सिस्को- चीन, इरानलगायत देशसँग सम्बन्धित राज्य समर्थित समूहहरूले जातीय

सार्वजनिक यातायात क्षेत्रमा नीतिगत रूपान्तरणको प्रक्रिया अघि बढाएका छौँ : मन्त्री लम्साल

काठमाडौं– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सार्वजनिक यातायात क्षेत्रमा नीतिगत

त्रिशूली थ्री ‘ए’को सुरुङबाट निकालिएका सञ्जय सैनिक अस्पतालबाट डिस्चार्ज

काठमाडौं– गत भदौ १० गते रसुवा भोटेकोशीमा आएको बाढीका कारण