गोरखामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते « Khabarhub

गोरखामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखामा गएराति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको गण्डकी गाउँपालिका-६, घौचुरमा बा०१-०२५ च ६२०४ नम्बरको बलेरो जिप सडकबाट झण्डै ७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

दुर्घटनामा परी गण्डकी गाउँपालिका-६ निवासी ७८ वर्षीया किरमाया आलेको मृत्यु भएको हो । काठमाडौँबाट घौचुरतर्फ जाँदै गरेको बलेरो जिप कच्ची सडकबाट खस्दा सख्त घाइते भएकी आलेको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।

उक्त दुर्घटनामा परी अन्य पाँचजना घाइते भएका थिए । घाइते हुनेमा सोही ठाउँका ७७ वर्षीया कनमाया आले, ७८ वर्षीय धनबहादुर आले, ८१ वर्षीय तीर्थबहादुर आले, ७२ वर्षीय पूर्णबहादुर थापा र ६५ वर्षीया गंगामाया थापा छन् । घाइतेहरूको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दुर्घटनापछि जिपका चालक ४३ वर्षीय केहरसिं थापालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक लामिछानेले जानकारी दिए । दुर्घटनाको कारण भने खुल्न नसकेको र  घटनाबारे  थप अनुसन्धान भइरहेको जनाइएको  छ ।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  १ : २७ बजे

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग