सहकारीको ३३ लाख चोरी गरी फरार रहेका दुई जना पक्राउ « Khabarhub

सहकारीको ३३ लाख चोरी गरी फरार रहेका दुई जना पक्राउ


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

मनहरी– सहकारीको ३३ लाख चोरी गरी फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा  मकवानपुरको इन्द्रसरोवर–५ बस्ने ३० वर्षीय अशोक रुम्बा र साेहि ठाउँका ३५ वर्षीय अकवर लामा रहेका छन् ।

उनीहरु काभ्रेपलान्चोकको पनौतीस्थित सामुदायिक सहकारी संस्थामा चोरी गरी ३३ लाख रुपैयाँ लिएर फरार भएका थिए ।

वैशाख १७ गते सहकारीबाट ३३ लाख रुपैयाँ चोरी गरी फरार भएकाउनीहरुलाई विशेष सूचनाका आधारमा इन्द्रसरोवर गाउँपालिकाबाट नियन्त्रणमा लिइएको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए ।

उनीहरूको साथबाट नगद  पाँच लाख ४५ हजार रुपैयाँ, एक नाले भरुवा बन्दुक र रडसमेत बरामद गरिएको कार्कीले बताए ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय काभ्रेमा पठाइएको प्रवक्ता उनले बताए ।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  २ : ३३ बजे

भोटेकोशी बाढी: बेपत्ता फर्किने आस मरेपछि कुशको शव बनाएर अन्त्येष्टि

कास्की – भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि

गणेशमानको २९औँ स्मृति दिवस : जसले राजाले गरेको प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरे

काठमाडौँ – विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६