चोरीको मोटरसाइकलसहित एक जना पक्राउ « Khabarhub

चोरीको मोटरसाइकलसहित एक जना पक्राउ


१ जेष्ठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

बुटवल– रूपन्देही प्रहरीले चोरीको मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको प्रहरी टोलीले रूपन्देही तिलोत्तमा नगरपालिका ११ बस्ने २५ वर्षीय सुशील थापालाई पक्राउ गरेको हो । 

उनीसँगै प्रहरीले चोरीको लु ३४ प ३४८८ नम्बरको पल्सर मोटरसाइकलसमेत बरामद गरेको छ । मोटरसाइकलसहित आइतबार फेला परेका थापामाथि चोरी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

वैशाख २० गते बुटवल उपमहानगरपालिका ९ स्थित फ्युरियल कन्स्ट्रक्सन अगाडि पार्किङ गरिराखेको विराज शर्माको उक्त मोटरसाइकल बरामद गरिएको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ६ : ४१ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको