खोलामा माछा मार्ने क्रममा बेपत्ता भएका युवक मृत फेला « Khabarhub

खोलामा माछा मार्ने क्रममा बेपत्ता भएका युवक मृत फेला


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

पाल्पा– पाल्पाको तिनाउ गाउँपालिका–१, कचलस्थित आरखोदी खोलामा माछा मार्ने क्रममा बेपत्ता भएका युवक मृत फेला परेका छन् ।

शनिबार आरखोदी खोलामा माछा मार्दै दोभानमा पुगेका ३२ वर्षीय भुपाल सुनारी पानीले बगाउँदा बेपत्ता भएका थिए । उनी सोमबार मृत फेला परेका हुन् ।

उनीसँगै माछा मार्न गएका २२ वर्षीय रुद्र खत्री र २४ वर्षीय राजन पुनले सुनारी हराएको जानकारी प्रहरीमा दिएपछि खोजतलास गर्दै जाँदा खोलामा ढुंगाको खोंचमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

सुनारीले लगाएको कपडा र चप्पल खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय र दोभान प्रहरी चौकीले अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  ६ : ५७ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष