महानगरका कर्मचारीले पैसा मागेमा खबर गर्नुहोला : बालेन शाह « Khabarhub

महानगरका कर्मचारीले पैसा मागेमा खबर गर्नुहोला : बालेन शाह


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : काठमाडौं महानगरका मेयर बालेन शाहले भ्रष्टाचार गर्ने कर्मचारीको बारेमा उजुरी गर्न आग्रह गरेका छन् ।

सोमबार फेसबुकमा स्टाटस लेख्दै बालेनले महानगरभित्रका कुनै पनि कर्मचारीले घूस मागेमा प्रमाणसहित जानकारी गराउन आग्रह गरेका हुन् । आफूले भ्रष्टाचार भएको हेर्न नसक्ने उल्लेख गर्दै उनले बिनाप्रमाण आरोप नलगाउन पनि उनको आग्रह छ ।

उनले लेखेका छन्, ‘ हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौ , हाम्रो अधिकार क्षेत्र काठमाडौ महानगर पालिका कार्यालयमा कुनै नि कर्मचारीले कुनै पनि प्रकारमा पैसा मागेमा प्रमाण सहित हामीलाई सम्पर्क गर्नु होला भिडियो अडियो सहित । कसैले बिना प्रमाण यस्ले यति भ्रस्टाचार गर्यो भनेर आरोप लगाउनु भन्दा पनि प्रमाण जुटाउनु होला । उनले आफूले बोक्ने मोबाइलमा ह्वाट्सएप गरेर प्रमाण पठाउन पनि आग्रह गरेका छन् । उनले आफूले बोक्ने भन्दै ९८६३५९२०११ मोबाइल नम्बर पनि सार्वजनिक गरेका छन् ।’

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  ९ : १६ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको