महानगरका कर्मचारीले पैसा मागेमा खबर गर्नुहोला : बालेन शाह « Khabarhub

महानगरका कर्मचारीले पैसा मागेमा खबर गर्नुहोला : बालेन शाह


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : काठमाडौं महानगरका मेयर बालेन शाहले भ्रष्टाचार गर्ने कर्मचारीको बारेमा उजुरी गर्न आग्रह गरेका छन् ।

सोमबार फेसबुकमा स्टाटस लेख्दै बालेनले महानगरभित्रका कुनै पनि कर्मचारीले घूस मागेमा प्रमाणसहित जानकारी गराउन आग्रह गरेका हुन् । आफूले भ्रष्टाचार भएको हेर्न नसक्ने उल्लेख गर्दै उनले बिनाप्रमाण आरोप नलगाउन पनि उनको आग्रह छ ।

उनले लेखेका छन्, ‘ हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौ , हाम्रो अधिकार क्षेत्र काठमाडौ महानगर पालिका कार्यालयमा कुनै नि कर्मचारीले कुनै पनि प्रकारमा पैसा मागेमा प्रमाण सहित हामीलाई सम्पर्क गर्नु होला भिडियो अडियो सहित । कसैले बिना प्रमाण यस्ले यति भ्रस्टाचार गर्यो भनेर आरोप लगाउनु भन्दा पनि प्रमाण जुटाउनु होला । उनले आफूले बोक्ने मोबाइलमा ह्वाट्सएप गरेर प्रमाण पठाउन पनि आग्रह गरेका छन् । उनले आफूले बोक्ने भन्दै ९८६३५९२०११ मोबाइल नम्बर पनि सार्वजनिक गरेका छन् ।’

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  ९ : १६ बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले