पञ्जाबका १४ जिल्ला बाढीको चपेटामा « Khabarhub

पञ्जाबका १४ जिल्ला बाढीको चपेटामा


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

चण्डीगढ– पञ्जाबमा भारी वर्षा र बाढीका कारण हालसम्म २२ हजार मानिसले आफ्नो घर छाड्नु परेको छ । सरकार र प्रशासनले ती मानिसहरूलाई सुरक्षित स्थानमा पुर्‍याएको छ। सरकारका अनुसार हालसम्म १४ जिल्लाका ११ सय ७९ गाउँ बाढीबाट प्रभावित भएका छन् । 

हाल, बाढीको प्रकोपको सामना गर्ने १४ जिल्लाहरूमा पटियाला, जालन्धर, कपुरथला, पठानकोट, तरनतारन, फिरोजपुर, फतेहगढ साहिब, फरीदकोट, होशियारपुर, रूपनगर, मोगा, लुधियाना, मोहाली र संगरूर समावेश छन्। 

अर्कोतर्फ मुख्यमन्त्री भगवन्त मानसहित धेरै मन्त्रीहरूले बाढी प्रभावित क्षेत्रको भ्रमण गरेका छन् । विपद् व्यवस्थापन मन्त्री ब्रमशंकर जिम्पाले मोहाली जिल्लाका करिब एक दर्जन बाढी प्रभावित क्षेत्रको भ्रमण गर्दा जलस्रोत मन्त्री गुरमीत सिंह मीत हेयरले पनि डेराबस्सी क्षेत्रको बाढीको अवस्थाबारे जानकारी लिएका थिए । 

प्रदेश सरकारका प्रवक्ताका अनुसार बाढी प्रभावित २ हजार ७६४ जनालाई सुरक्षित स्थानमा सारिएको छ । केही क्षेत्रमा बाढीको स्थितिमा सुधार आएपछि राहत शिविरको संख्या १८३ बाट घटाएर १६१ पुगेको छ । जनताको स्वास्थ्यलाई ध्यानमा राख्दै स्वास्थ्य विभागले र्‍यापिड रेस्पोन्स टोलीको संख्या ३१५ बाट ४०९ पुर्‍याएको छ भने मेडिकल शिविरको संख्या पनि १८६ बाट २५२ पुगेको छ ।

बाढी प्रभावित क्षेत्रमा १ हजार ७ सय ३० जनावरको उपचार र ७ हजार २ सय ५५ जनावरलाई खोप लगाइएको पशुपालन विभागले जनाएको छ । यसबाहेक, अधिकांश जिल्लाहरूले आफ्नो एचएस खोप अभियान सम्पन्न भएको छ । राहत कार्यमा खटिएका टोलीले विपन्न जनावरलाई उपचार, दाना आपूर्ति र घाँस आदि उपलब्ध गराउन अहोरात्र खटिरहेका छन् ।

बाढी प्रभावित क्षेत्रमा खाद्यान्नका प्याकेटहरू निरन्तर वितरण भइरहेका छन् । हालसम्म पटियाला (३७ हजार) र रुपनगरमा (१८९३०) गरी ५७ हजारभन्दा बढी खानाका प्याकेट वितरण भइसकेका छन् ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  २ : २९ बजे

राष्ट्रिय पब्जी मोबाइल च्याम्पियनसिपको फाइनल आज

काठमाडौं– नेपालमा महिला ई–स्पोट्र्स खेलाडीहरूको प्रतिभा र क्षमतालाई प्रवद्र्धन गर्ने

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्यांकन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम– मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो

संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

 काठमाडौं – हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको

मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

मुस्ताङ– मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज